अनमोलविरुद्ध २०७६ मा पनि परेको थियो ठगीको उजुरी

काठमाडौँ । ठगीको आरोपमा शुक्रबार काभ्रेबाट पक्राउ परेका अभिनेता अनमोल केसीविरुद्ध २०७६ मा पनि ठगीको उजुरी परेको थियो ।
फिलिमस् नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’मा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि नखेलेर ठगी गरेको उजुरीमा उल्लेख थियो ।
फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध उजुरी दिएका थिए । केसीसँग श्रेष्ठ र खड्गीले ४० लाख पारिश्रमिक दिनेगरी फिल्मको सम्झौता गरेको र ५ लाख अग्रिम भुक्तानी लिएर खेल्न नमानेको आरोप थियो ।
त्यो समय फिल्मका लागि जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख थियो ।
पहिले पारिश्रमिक लिने, पछि फिल्म खेल्न नमान्ने अनमोलको यो पुरानै शैली हो । यस्तै कारणले उनले धेरै फिल्मको पारिश्रमिक समेत फिर्ता दिएका छन् । उनीविरुद्ध प्रहरीमा पर्दै आएको ठगीको उजुरी उनका पिता अभिनेता भुवन केसीले छलफलबाट मिलाउँदै आएका थिए ।
केही अगाडि फिल्म ‘रावायण’को खेल्न आनाकानी गरेको गसिफ मिडियामा आएको थियो । उक्त समय उनले फिल्म खेल्न हतार नगर्ने भन्दै सामाजिक संजालमा एक पोष्ट समेत गरेका थिए ।
अनमोल अहिलेका सर्वाधिक महँगा हिरो हुन् । उनलाई लिएर फिल्म बनाउन निर्माता सधैँ तयार रहन्छन् । उनको पछिल्लो समय फिल्म ‘छड्के २’ रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपालाई सरकारको चेतावनी : अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ
-
‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार !’
-
प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानद्वारा २ अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान
-
‘आफ्नो माटोको सुगन्ध नबुझी संसार बुझ्नुको अर्थ रहेनछ’
-
रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ
-
संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत