गौहत्याको विरोधमा जनकपुरमा प्रर्दशन
धनुषा । गौहत्याको बिरोधमा जनकपुरमा पनि प्रर्दशन गरिएको छ । देशका विभिन्नमा भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले शुक्रवार जनकपुरमा ¥यालीसहितको विरोध प्रर्दशन गरेका हुन् ।
गौहत्या जस्तो अराजकता बन्द गर्नका लागि आफूहरुले सरकारको ध्यानाकर्षण गराउन सो बिरोध प्रर्दशन गर्नु परेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । उनले गौहत्या गर्नेमाथि सरकारले कारबाही नगरेसम्म आफूहरुको विरोध प्रर्दशन जारी रहने चेतावनी समेत दिए ।
महन्थ वैष्णवले भने, ‘८४ प्रतिशत यो हिन्दुको देशमा एउटा अराजकतास्थिति दुुईदेखि गरिराखेका छन गौहत्या । तर सरकारको यसमा ध्यानाकर्षण जुन ढंगले हुनुपर्ने थियो, त्यो भइराखेको छैन । यसैको बिरोधमा हामी जनकपुरधाममा बिरोध ¥याली निकालेका हौं । गौहत्या बन्द गर्नुपर्छ । गौ हाम्रो सनातनको देउता हो । मातातुल्य हो । यसमा सरकारले कारबाही नगरेपछि हामीले विरोध ¥याली निकालेको हो । गौ हत्या बन्द भएन, कारबाही भएन भने हामी निरन्तर आन्दोलन गर्नेछौं ।’
जानकी मन्दिरबाट निकालिएको सो ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा गौहत्या बन्द गर, गौहत्या गर्नेलाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरु लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण