एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबिच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौँ । एभरेष्ट बैंक र लाजिम्पाटस्थित निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा १० देखि २५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।
सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशकस्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन
-
क्यानाडाको प्रधानमन्त्रीका रुपमा कार्नीको पहिलो भाषण, ‘ट्रम्पको अनुहार तत्काल नहेर्ने’
-
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म