शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयता कार्यान्वयनमा समस्या छ : कार्यवाहक प्रधानमन्त्री खड्का
शुक्रबार, १२ असोज २०८०, १६ : १४

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताए ।
कार्यवाहक प्रधानमन्त्री खड्काले संघीयता कार्यान्वयन नभईकन जस्तोसुकै ऐन र नियम बनाएपनि धेरै परिणाम नदिने उल्लेख गरे । उनले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वयनको श्रोतको व्यवस्थापन, जिम्मेवारी लगायतमा ध्यान दिन जरुरी रहेको बताए ।
कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले सङ्घीय कानुन निमार्णलाई उच्च प्राथमिकतामा राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
-
उपकुलपतिलाई प्राध्यापक संघको ७२ घण्टे अल्टिमेटम
-
भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने विषयमा रामहरि र दिलेन्द्रप्रसादको मत बाझियो
-
पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप
-
‘कुलिङ पिरियड’ का पक्षमा अधिकांश सांसद एक ठाउँमा
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री