‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसन नेपाल’का प्रतियोगीले देखाए 'कल्चर'
काठमाडौंँ । ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’का प्रतियोगीले आ–आफ्नो कल्चर प्रदर्शन गरेका छन् । इन्द्रजात्राको अवसर पारेर आयोजित प्रतियोगीताको ‘कल्चर शो’ सेगमेन्ट अन्तर्गत उनीहरुले अनौठो र जीवनशैलीसँग जोडिएका कल्चर सामाग्री प्रदर्शन गरेका हुन् ।
प्रतियोगीतामा बिभिन्न समुदायका १२ प्रतियोगी छन् । ति प्रतियोगीलाई एक अर्काको कलासंस्कृति र कल्चरको जानकारी गराउने उदेश्यले कल्चर शो आयोजना गरिएको ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले बताइन् ।
बिहिबार नक्साल स्थित एटिक भेन्युमा आयोजित कल्चर शोमा सेलिब्रेटी, पुर्व मिस एण्ड मिसेज हेरिटेज, प्रतियोगीका अभिभावकलेको सहभागतिा रहेको थियो । प्रतियोगीको अन्तिम स्पर्धा अगामी शुक्रबार आयोजना हुँदैछ । प्रतियोगी बिभिन्न प्रशिक्षण सहित फाइनल स्पर्धामा उत्रिने आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।
प्रतियोगीताका विजेता ‘मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’ दुबैले ईप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् ।
हेरिटेज पेजेन्टस् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन उदेश्यले आयोजना हँुदै आएको प्रतियोगीता हो ।
सन् २०१६देखि नियमित नेपालको सहभागीता रहँदै आएको प्रतियोगीतामा गतबर्ष (२०२२)मा परिन्दा परि श्रेष्ठले मिसेस् हेरिटेज नेपाल र परिसा रानाभाटले मिस हेरिटेज नेपालको रुपमा प्रतिनिधित्व गरेका थिए । जसमा परिन्दाले मिसेस् एलिगेन्स र परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भित्र्याएका थिए ।