नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ का लगानीकर्ताहरूलाई ९.६ प्रतिशत प्रतिफल दिने
शुक्रबार, १२ असोज २०८०, १२ : ५१

काठमाडौँ । नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ (एनबीएफ२) नामक सामूहिक लगानी योजना अन्तर्गतको मुचुअल फण्डका इकाईधनीहरुलाई ९.६ प्रतिशत प्रतिफल दिने भएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट बैङ्कले १० करोड ७५ लाख २० हजार रुपैयाँ (९.६ प्रतिशत) करसहित प्रतिफल दिने भएको हो ।
नबिल इन्भेस्टमेन्ट बैङ्किङ योजना व्यवस्थापन एवं डिपोजिटरी रही नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको नबिल ब्यालेन्स्ड फण्ड–२ का लागि कूल १ अर्ब १२ करोड रुपैयाँ बराबरको इकाई बिक्री गरेको छ । जसको ९.६ प्रतिशतले हुन आउने रकम बराबरको प्रतिफल बाँड्न लागिएको बैङ्कले जनाएको छ ।
म्युचुअल फण्ड योजना व्यवस्थापकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त प्रतिफल पारित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?