६० किलो सुन प्रकरणमा सरकारी वकिलको बहस पुरा, आजदेखि प्रतिवादीका कानुन व्यसायीले बहस गर्दै
शुक्रबार, १२ असोज २०८०, १० : २०
_c8wEFdyEVQ.jpg)
काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा सरकारी वकिल तर्फबाट बहस सकिएको छ । बुधवारबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अधिकारीहरूले बहस थालेका हुन् । सुन प्रकरणमा सरकारको तर्फबाट जिल्ला महान्यायाधिवक्ता जनक प्रसाद घिमिरे, सहायक जिल्ला महान्यायाधिवक्ता चन्द्र प्रसाद सन्जेल, युवराज पौडेल, निर्मला मरासिनी र सुर बहादुर परियारले बहस गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बुधवारबाट थुनछेक बहस सुरु भएको हो । सुन प्रकरणमा अहिले २६ जना थुनामा छन् । आजबाट प्रतिवादी तर्फका कानुन व्यवसायीले थुनछेक बहस गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?