दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
बिहीबार, ११ असोज २०८०, २१ : २१

काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । राष्ट्रसंघीय मिसनको तेह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरूको टोली असोज १० गते मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
सेनानी डम्मरबहादुर पुनको नेतृत्वमा राष्ट्रसंघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली हो । प्रमुख सेनानी अनिल केसीको कमाण्डमा रहेको सो गणका ६०९ सैनिक भने यसअघि नै मिसन इलाकामा पुगिसकेका छन् ।
यसअघि दक्षिण सुडानमा कार्यरत श्री शेर गणको बाह्रौँ डफ्फाका ९१ जना शान्ति सैनिकहरू सोही दिन स्वदेश फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
-
बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
कांग्रेस फकाउँदै ओली, गगन–शेखरको ‘प्रेसर’ देउवालाई भारी
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’