प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी मेला सुरु

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले विजया दशमीको अवसरमा बृहत् पुस्तक प्रदर्शनी आयोजना गरेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन बिहीबार प्रतिष्ठानका कुलपति भूपाल राईले गरे ।
सो अवसरमा कुलपति राईले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गरिएको बताए । प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पुर्याउने लक्ष्य राखेको पनि उनले जानकारी दिए ।
प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शन, इतिहास, सामाजिक शास्त्र, कला र विज्ञान लगायतका पुस्तकहरू राखिएको छ । यस पुस्तक प्रदर्शनीमा शब्दकोशबाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा विक्री गर्ने व्यवस्था गरिएको छ ।
उता, साझा प्रकाशनले पनि आफ्नो केन्द्रीय कार्यालय पुलचोक तथा शाखामा यसै सातादेखि पुस्तक प्रदर्शनी आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिचान र स्वायत्त शासनसहितको संघीयता आवश्यक : अध्यक्ष भट्टराई
-
प्रहरीमा ‘स्टाफ कलेज’ सञ्चालनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
१० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा