दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई मुख्यमन्त्री पाण्डेको सुझाव
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिएका छन् । बिहीबार नेपाल बीमा प्राधिकरणसँगको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘बीमा गराउँदा कम्पनीहरूले जति सजिलो गरी गराउनुहुन्छ दाबी भुक्तानीमा त्यति सजिलो देखिँदैन, दाबी भुक्तानी भएन भनेर सर्वसाधारण नागरिकले गुनासो गर्नुहुन्छ, बीमा प्राधिकरणले यो सुधार्नुपर्छ ।’
बीमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाएपछि बीमित निराश हुन सक्ने तर्फ ध्यान दिन उनले सुझाव दिए । साथै मुख्यमन्त्री पाण्डेले बिमाको बारेमा अहिले पनि सर्वसाधारण सबैलाई जानकारी नभएको बताउँदै सचेतनामा पनि ध्यान दिनुपर्नेमा बताए । कृषि, पशु, व्यवसाय बीमामापनि प्राथमिकता दिन उहाँले बीमा प्राधिकरणलाई अनुरोध गरे ।
बीमाबाट सर्वसाधारणले धेरै सुविधा र सहजता महसुस गर्ने गरी कार्य अघि बढाउन र त्यसकालागि गण्डकी प्रदेश सरकारले गर्नुपर्ने सहकार्य, समन्वय गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमा सम्बन्धित व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे । गण्डकी प्रदेश भित्र २७ दशमलव ४३ प्रतिशत मानिस बिमाको पहुँचमा छन् । देशभर भने ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा छन् । नेपालमा जीवन बीमाको पहुँच धेरै रहेको प्राधिकरणले जनाएको छ । कृषि तथा पशुपक्षी बीमामा संघ सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी सतप्रतिशत अनुदानको ब्यवस्था रहेको बीमा प्राधिकरणले जनाएको छ ।
गण्डकी प्रदेश भित्र एक सय १६ बीमा कम्पनीमा चार सय ८० जना कर्मचारी कार्यरत छन् । बीमा प्राधिकरणसँगको अन्तरक्रियामा गण्डकी प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु लगायतको सहभागीता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’