अनलाइन स्पेसलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक नीति बनाउनु पर्नेमा जोड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन स्पेसलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक नीति बनाउनु पर्ने आवश्यकता औंल्याएकी छिन् । उनले अनलाइनबाटै सूचना माग गर्ने अवस्थाले सार्वजनिक निकायमा सूचना माग गर्न सहज हुने धारणा राखिन् ।
विहीवार सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अनलाइन स्पेस र सूचनाको हक ः अवसर र चुनौती विषयक गोष्ठी डिजिटल राइट्स नेपालसँगको सहकार्यमा सम्पन्न गोष्ठीमा मन्त्री शर्माले उक्त धारणा राखेकी हुन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरूङ्गले सूचनाको हकलाई अनलाइन सिस्टममा लान सकिएमा सूचनामा पहुँच र अझ उपलब्धिमूलक बनाउन सकिने जिकिर गरे ।
कार्यक्रममा सन्तोष सिग्देलले कार्यपत्र प्रस्तुत गरेको कार्यपत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवा र राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले टिप्पणी गरेका थिए ।
कार्यक्रममा विभिन्न सार्वजनिक निकायका सूचना अधिकारी, सूचनाको हकका अभियन्ता, पत्रकार, संघसंस्थाका प्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल