बढ्यो अम्रिसो निर्यात, दुई महिनामै २१ करोड भित्रियो

काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालबाट अम्रिसोको निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा अम्रिसोको निर्यात ह्वात्तै बढेको हो ।
चालू वर्षको दुई महिनाको अवधिमा नेपालबाट २१ करोड २९ लाख ९४ हजार रुपैयाँको अम्रिसो निर्यात भएको छ । यस अवधिमा नेपालबाट उक्त मूल्य बराबरको १७ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा नेपालबाट जम्मा ११ करोड ३० लाख २२ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । गतवर्ष उक्त मूल्य बराबरको २२ लाख ६२ हजारभन्दा धेरै किलोग्राम अम्रिसो निर्यात भएको तथ्यांकमा देखिएको छ । यो चालू वर्षकोभन्दा १० करोडले कम हो ।
गत वर्ष २२ लाख ६२ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो । जबकी, चालू वर्षमा १७ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको छ । यसले गत वर्षकोभन्दा चालू वर्षमा परिमाण घटेपनि निर्यातबाट भित्रिएको रकम भने बढेको देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?
-
पोखरामा सवा अर्ब लगानीमा बुटिक होटल
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम