साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट, पाठकको आकर्षण

काठमाडौँ । पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठकवर्गले उल्लेख्य उपस्थिति जनाएका छन् ।
असोज ७ गतेदेखि ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठकहरु तानिएका हुन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ । ७ गतेदेखि आजसम्म पाठकहरु उल्लेख्य उपस्थित भएको र अझै २२ गतेसम्ममा धेरै पाठकहरुले प्रदर्शनीमा उपस्थिति जनाउने अपेक्षा आफूहरुको रहेको साझा प्रकाशनका निमित्त महाप्रवन्धक भेषराज घिमिरेले बताए ।
उनले प्रदर्शनीमा यस पटक भैरवबहादुर थापाको अल्फा साइन्स (नाट्य व्याकरण) नयाँ पुस्तकका रुपमा रहेको र बाबुराम आचार्यले लेखेको पृथ्वीनारायण शाहको जीवनीलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको बताए । उनले प्रदर्शनी स्थललाई व्यवस्थित गर्दै लगेको र ५ सय बढी विधाका पुस्तकहरु प्रदर्शनीमा राखिएको बताए । उनले पहिला आख्यानहरु धेरै बिक्री हुने गरेपनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुची बढ्दै गएको बताए । उनले देशभर गरेर ४० लाखसम्मको पुस्तक बिक्री हुने अनुमान रहेको पनि बताए ।
घिमिरेले भने, ‘यहाँ दुई पुस्तक नयाँ छन् । एउटा भैरवबहादुर थापाको अल्फा साइन्स, नाट्य व्याकरण हो । बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको जीवनी थियो । त्यसलाई पुनःमुद्रण गर्न सकेका थिएनौँ । अहिले पुनः मुद्रण गरेर राखेका छौँ । प्रदर्शनी स्थललाई व्यवस्थित गरेका छाँै । यहाँ ५ सय बढी विधाका पुस्तकहरु छन् । पहिला आख्यानहरु धेरै बिक्थे, अहिले पुराना र इतिहासको पुस्तकप्रति रुची बढेको छ । ४० लाखसम्मको पुस्तक बिक्री हुने अनुमान छ ।’
त्यस्तै प्रदर्शनीमा आएका शरद प्रधानले कतिपय पुस्तकहरु पुनः प्रकाशनमा ल्याउनुपर्ने माग गरे । उनले साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएको कारण विद्यार्थीहरुमा साहित्यप्रतिको चाहना घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।
उनले भने, ‘सबै पुस्तक त यहाँ पाइँदैन तर पनि कतिपय पुस्तकहरु पुनः प्रकाशनमा आउनुपर्छ । प्रायः पुस्तकहरु उपलब्ध छ । साहित्यलाई र इतिहासलाई पाठ्य पुस्तकमा नपढाएको कारण पनि विद्यार्थीहरुमा साहित्यप्रतिको चाहना कम छ । विद्यालय तहमा नेपाली साहित्य पाठ्यपुस्तक बाहेकका पनि अध्ययन गराउनुपर्छ ।’
साझा प्राशनले पुस्तक टिकाउन समस्या रहेको उल्लेख गर्दै पुराना पुस्तकहरु जोगाएर राख्न सक्नुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरण भन्छ- लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
-
बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान
-
नेविसंघद्वारा शिक्षाका समसामयिक विषयमा धारणा सार्वजनिक
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने