सिटिजन लाइफको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबारमा आउने
काठमाडौँ । सिटिजन लाइफ इन्स्याोरेन्सको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको शेयर सिएलआई सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कायम भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । बुधवार कम्पनी र नेप्सेबीच शेयर सूचीकरण सम्बन्धी सम्झौता भएको हो ।
कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सूचिकृत भएको हो ।
कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेन्ज दिएको छ । पहिलो कारोबारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेन्ज पाउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (तस्बिरहरू)
-
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित
-
विराटनगर महानगरपालिका : आन्तरिक आम्दानीमा सुधार, लक्ष्य भेट्टाउन मुस्किल
-
पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?
-
सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर
-
रामचरणको ‘गेम चेन्जर’ले पहिलो दिनमा कति कमायो ?