प्रचण्डलाई कम्युनिस्ट पार्टीको सदस्यता दिने रणेन्द्र
‘बरालीजीलाई मैले २०२८ सालदेखि चिन्छु । त्यतिबेला आइएससी पढ्दै गरेको म बिदामा घर गएको थिएँ । मलाई कम्युनिस्ट पार्टीको सदस्य उहाँले नै बनाउनुभएको हो । हुन त त्यहाँ रूपलाल विश्वकर्मा पनि हुनुहुन्थ्यो, तर त्यो चाँजोपाँचो सबै मिलाएको रणेन्द्रजीले हो । त्यसकारण उहाँको अगाडि उभिँदा कताकता अप्ठेरो लागेजस्तो हुन्छ । किनभने मलाई पार्टी सदस्य बनाउने मेरो गुरु हो उहाँ,’ २०७२ फागुन ११ गते रणेन्द्र बरालीको पुस्तक ‘हाम्रो संस्कृति र संस्कार’को लोकार्पण कार्यक्रममा प्रमुख अतिथि रहेका माओवादी अध्यक्ष प्रचण्डले भनेका थिए ।
प्रचण्डले कम्युनिस्ट पार्टीको सदस्य १७ वर्षको उमेरमा लिएका हुन्, उनलाई सदस्यता दिँदा रणेन्द्र २० का थिए । प्रचण्डको घरको आडैमा घर भएका पूर्णबहादुर विश्वकर्मा, जो कम्युनिस्ट पार्टीका सदस्य थिए, उनले रणेन्द्रहरूलाई सुनाउँथे — छविलाल (प्रचण्डको बाल्यकालको नाम) साह्रै टाठा छन् ! घरको काम पनि भ्याउने, पढाइ उस्तै राम्रो । उनलाई कम्युनिस्ट पार्टीको सदस्य बनाउन सके धेरै राम्रो हुन्थ्यो ।
रूपलाल विश्वकर्माका कार्यकर्ता पूर्णबहादुर र रणेन्द्रहरूले पूर्णबहादुरकै घरमा बसेर २०२८ सालमा प्रचण्डलाई सदस्यता दिएका हुन् । ‘उहाँ (प्रचण्ड)चाहिँ क्रान्तिकारी चेतको मान्छे । उहाँसँग बहस गरेर कम्युनिस्ट पार्टीको सदस्य बनाउन मेरो धेरै पसिना छुट्या छ । त्यतिबेला राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको बहस हुन्थ्यो । रुस, चीन, संशोधनवाद, पुष्पलाल आदि बारेको बहसमा उहाँ अगाडि हुनुहुन्थ्यो,’ रणेन्द्र प्रचण्डको प्रशंसा गर्छन्, ‘उहाँ अध्ययनशील मान्छे, कतिपय कुरामा उहाँले मलाई नै अर्थ लगाउनुभएको पनि थियो ।’
सदस्यता लिइसकेपछि एकपटक रातको ११–१२ बजेतिर प्रचण्डले रणेन्द्रलाई रामपुर कृषि क्याम्पसमा भेट्न बोलाएका थिए । त्यतिबेला प्रचण्ड त्यहीँको होस्टेलमा बसेर पढ्थे । रणेन्द्र जाँदा प्रचण्डले चिनियाँ क्रान्तिको इतिहास ‘लङ मार्च’ पुस्तक पढिरहेका रहेछन्, उनीसँग अरु साथीहरू पनि थिए ।
प्रचण्डलाई कम्युनिस्ट पार्टीको सदस्य बनाउने नेता बरालीले आफ्नो जवानीका सम्पूर्ण दिनहरू कम्युनिस्ट आन्दोलनमा खर्चिए । हाल प्रतिनिधिसभा सदस्य रहेका बरालीको दिनचर्या सामाजिक न्यायका लागि राजनीतिक भेटघाट र गतिविधिमा केन्द्रित छ ।
भूमिगत रहेका रणेन्द्र छापामार शैलीमा पर्खाल नाघी मकैबारी हुँदै प्रचण्डलाई भेट्न पुगेका थिए । बर्खे झरीको बेला भएकाले उनी छत्रेटोपी र आर्मीको बर्सादीमा थिए । पुस्तकमा लङ मार्चका सिपाहीले जनतासँग यसरी नै सम्पर्क गर्थे । आफू पुग्दा किताबकै पात्र अवतरित भएझैँ प्रचण्ड दंग परेको रणेन्द्र सुनाउँछन्, ‘उहाँले भन्नुभयो — अहिले म जे पढ्दै छु, त्यही दृश्य महसुस गर्दै छु ।’
प्रचण्डलाई कम्युनिस्ट पार्टीको सदस्य बनाउने नेता बरालीले आफ्नो जवानीका सम्पूर्ण दिनहरू कम्युनिस्ट आन्दोलनमा खर्चिए । हाल प्रतिनिधिसभा सदस्य रहेका बरालीको दिनचर्या सामाजिक न्यायका लागि राजनीतिक भेटघाट र गतिविधिमा केन्द्रित छ ।
प्रचण्डलाई सदस्य दिँदा रणेन्द्र पुष्पलालको पार्टीको जिल्ला कमिटीमा थिए । २०३० सालमा आएर उनी जिल्ला सेक्रेटरी भए । पुष्पलालप्रति अन्तर्विरोध चर्किएपछि छुट्टिएका रूपलालहरूले खासगरी चितवनलाई केन्द्र बनाएर ‘किसान संघर्ष’ चलाएका थिए, केन्द्रमा उनीहरुका नेता नारायणमान बिजुक्छे ‘रोहित’ थिए । यो किसान संघर्ष समूह कम्युनिस्ट आन्दोलनको एक घटकका रूपमा थियो । यही समूह पछि ‘नेपाल मजदुर किसान संगठन’ हुँदै ‘सर्वहारावादी श्रमिक संगठन’ बन्यो । २०४८ मा आएर कम्युनिस्ट घटकहरूको एकता केन्द्र बन्दा रणेन्द्र जनमोर्चाबाट कम्युनिस्ट आन्दोलनमा सक्रिय रहे ।
शिक्षकको त्यो झापड
स्कुलमा खानेपानीका लागि एउटा भाँडो राखिएको थियो । रणेन्द्रकै बाउबाजेले बनाएको त्यस भाँडोबाट अरु विद्यार्थीले आफैँ पानी सारेर खान्थे तर रणेन्द्रलाई त्यसो गर्न निषेध थियो, कामीको छोरो भएका कारण । तिर्खा लाग्दा उनले अरु साथीले खन्याइदिएको पानी मुख बाएर खानुपथ्र्यो । यसरी जनतामा शिक्षाको उज्यालो छर्ने भनिएको विद्यालयबाटै छुत र अछुतको भावनाको अँध्यारो विद्यार्थीको मस्तिष्कको कुनै कुनामा छरिन्थ्यो ।
रणेन्द्र दौडँदै गई आफैँ पानी सारेर घटघट पिउन थाले । आफू पनि अरु समान मान्छे भएको महसुस उनले गर्दै थिए, त्यही बेला पछाडिबाट नराम्रोसँग झापड भेटे, गेम–टिचर टीकाराम थापा (मगर)को । छोटा–बडा जातलाई एकै सजाय हुने भनिएको राजा महेन्द्रको कानुनलाई रणेन्द्रले न्यायको प्यास मेटिने गरी अनुभूत गर्न सकेनन्, त्यो उनको मुखबाटै ओकलियो ।
एक दिन हेडमास्टर कान्तलाल पौडेलले स्कुलको प्राङ्गणमा उभिएर भने, ‘राजा महन्द्रले जातीय विभेद हटाएर कानुन ल्याइसके, अब सानो जात र ठूलो जातको विभेद हराउने भयो ।’
कक्षा ६ मा पढ्ने रणेन्द्र टाठोबाठो भएका कारण कक्षाकै मोनिटर थिए, उनी हौसिए, ‘हो र सर ! अब मैले त्यो भाँडोबाट पानी सारेर खान हुन्छ ?’
वामपन्थी पृष्ठभूमिका हेडमास्टर पौडेलले सानो स्वरमा भने, ‘खाँदा हुन्छ ।’
रणेन्द्र दौडँदै गई आफैँ पानी सारेर घटघट पिउन थाले । आफू पनि अरु समान मान्छे भएको महसुस उनले गर्दै थिए, त्यही बेला पछाडिबाट नराम्रोसँग झापड भेटे, गेम–टिचर टीकाराम थापा (मगर)को । छोटा–बडा जातलाई एकै सजाय हुने भनिएको राजा महेन्द्रको कानुनलाई रणेन्द्रले न्यायको प्यास मेटिने गरी अनुभूत गर्न सकेनन्, त्यो उनको मुखबाटै ओकलियो ।
यसको लगत्तै, रणेन्द्र भान्जाको विवाहमा जन्ती गएका थिए । गाउँदेखि पर थर्पु बजार (तनहुँ)मा पुगेपछि उनले पहिलोपटक जेरी देखे । हेर्दै खाउँखाउँ लाग्ने त्यो परिकार उनलाई चाख्ने मन भयो । जेरीको नाम थाहा नभएकाले उनले हातले छुँदै भने, ‘यो दिनुस् । यसको कति पर्छ ?’
कामीको जन्ती आउँदै छ भन्ने पसलेलाई थाहा रहेछ, पसलेले सोधे — बाबु पनि जन्ती हो ?
रणेन्द्रको ‘हजुर’ शब्द भुइँमा नखस्दै पसले जङ्गिए — ‘ए, कामी भएर यत्रो जेरी छोइस् ?’
नाथ्री फुट्ने गरी उनीमाथि कुटपिट भयो । कुटपिटपछि बसको कचहरीले रणेन्द्रकै गल्ती ठहर्यायो । भद्रभलादमीले पसलमा भएका सबै परिकारलाई ११ रुपैयाँ मोले । ‘मेरो बाले एक रुपैयाँ थपेर १२ रुपैयाँ चाँदीका मोहर तिर्नुभयो, मलाई कम्ता ठानेको छस् भन्ने रिसले,’ रणेन्द्र त्यो घटना सुनाउँछन्, ‘मलाई भने असाध्यै अपमान बोध भएको थियो । म नजिकैको खोलामा गएर टोलाउँदै थिएँ । कताकता मरौँ जस्तो पनि लागेको थियो, त्यही बेला बा आएर तानेर लैजानुभयो ।’
अछुत भएकै कारण उनका हजुरबुवाका बालाई कुटी–कुटी मारेका थिए, दशैँमा मगर मुखियाकहाँ टीका लगाउन जाँदा । त्यतिबेला गैरदलितहरूले लामो थर्की (सानो आकारको गुन्द्री)मा बसेर भोज खाएका थिए । रणेन्द्र आफ्ना पुर्खाको पीडा सुनाउँछन्, ‘त्यो बेला उहाँले थर्की छुन पुग्नुभएछ । कामीले छोयो भनेर मगरहरू उल्टिएर उहाँलाई कुटीकुटी मारेछन् । जान मार्नेलाई कैद त गरियो तर जातीय छुवाछुतकै कारण उहाँको ज्यान गयो । आफैँ माथिको विभेद, पुर्खामाथिको विभेदलाई महसुस गरेर म राजनीतिक आन्दोलनमा होमिएको हुँ ।’
पण्डितको बार्दलीबाट शिक्षारम्भ
तनहुँको काहुँ शिवपुरस्थित रणेन्द्रको घरनजिकै पण्डित केदारनाथको घर थियो । गाउँमा स्कुल खुलिसकेको थिएन । देशमै पहिलो संसदीय निर्वाचनको लहर चलेका बेला रणेन्द्रले पण्डितको बार्दलीमा बसेर अक्षर चिन्ने अवसर पाए । केदारनाथले रणेन्द्रलाई आफ्ना छोराहरूसँगै राखेर अक्षर चिनाउनेदेखि कर्मकाण्ड, ऋतु आदिबारे ज्ञान दिए । त्यसको लगत्तै बेलायती भूतपूर्व सैनिकले गाउँमा स्कुल खोले, ‘सोल्जर बोर्ड’ नाम दिएर । त्यहाँ जमदार, सुबेदारले पढाउँथे । बाहुन गाउँमा खुलेको स्कुलमा विद्यार्थीको संख्या पुर्याउनका लागि दलित बस्तीबाट पनि विद्यार्थी लैजान थालियो, यही मेसोमा रणेन्द्रले विद्यालयको आँगन टेक्न पाएका थिए ।
बुवाका १० सन्तान (सात छोरा, तीन छोरा)मध्ये रणेन्द्र तीन दिदीमुनिका जेठा छोरा हुन् । तत्कालीन काहुँ शिवपुर गाउँ पञ्चायतमा दलितहरू (कामी, दमाई र सार्की)को ठूलै बस्ती थियो । उनीहरू एकमत हुँदा प्रधानपञ्चकै चुनावमा प्रभाव पाथ्र्यो । त्यसैले उनका काका वार्ड सदस्य भइरहन्थे ।
उनको पुख्र्यौली पृष्ठभूमि आम दलित परिवारको जति कमजोर होइन । निम्न मध्यमवर्गीय परिवार, आफ्नै जमिनको उब्जनीले खान पुग्थ्यो । उनका बुवाले सुनका गहना बनाउने पेसा गर्थे । हजुरबुवा कपडा व्यापारी, उनले चितवनको ठोरी र भारतबाट कपडा ल्याएर गाउँघरमा बेच्थे । चितवनको शारदानगरमा पनि उनका बुवाले केही जमिन जोड्दै गए । चितवनमा आफन्तहरु भएकाले रणेन्द्रले कक्षा ७ देखि चितवनको शारदा विद्यालयबाट पढ्न सुरु गरे ।
चितवनमा रूपलाल विश्वकर्मा कम्युनिस्ट नेताका रूपमा उदाइसकेका थिए । रूपलाल, लप्टन लालबहादुर परियार, कुबेर सार्कीहरूसँग परिचय भएपछि रणेन्द्र परिवर्तनको आन्दोलनमा होमिएका हुन् । २०२४ फागुन १६ गते ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद्’ गठन गरियो । सुरुवाती चरणमा रणेन्द्रहरू यही संस्थामार्फत सार्वजनिक स्थानमा हुने छुवाछुतविरुद्ध आवाज उठाउँथे । होटल, पसल, स्कुल, अस्पताल, धारा–पँधेरो, दूध डेरी, गाउँघरमा हुने भोज — जहाँ जहाँ छुवाछुत हुन्थ्यो, त्यहाँका दलितलाई संगठित गरी उनीहरूले नाराजुलुस गर्थे ।
जनताको माझमा...
जुझारु र निडर स्वभावका रणेन्द्रलाई रूपलालले २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनाएका हुन् । २०२६ सालदेखि पूर्णकालीन कार्यकर्ता भएर भूमिगत रूपमा उनी जनताको माझमा गए । यसपछि उनका नेता रूपलालले राज्यलाई नै धक्का दिने किसिमका थुप्रै संघर्ष चलाए, जसमा रणेन्द्र लगायत कार्यकर्ताको महत्त्वपूर्ण भूमिका रहन्थ्यो ।
२०३० सालतिर रणेन्द्रलगायत पूर्णकालीन सदस्यहरू चितवनका पहाडी गाउँतिर खटिएका थिए, सामन्त र पञ्चायती शासनका विरुद्ध गरिखाने गरिब कृषकलाई संगठित र जागरुक गर्न ।
स्कुल नभएका गाउँमा गएर उनीहरूले आफैँ छाप्रो बनाएर केटाकेटीलाई पढाउँथे । भूमिगत भएकाले आफ्नो अनेक छद्म नाम राख्थे । गाउँलेसँग घुलमिल हुनका लागि शिक्षक हुनु एउटा उत्तम बहाना थियो । उनीहरू भन्थे — एसएलसी पास गरियो, आईए पढ्न सकिएन । अब सरकारको तलब खाने मास्टर हुने हो । त्यसका लागि पढाउने अनुभव लिन गाउँघरतिर आएका हौँ, एक–डेढ वर्ष यतै बस्छौँ ।
साँझमा उनीहरु गाउँलेसँग बसेर गाउने–नाच्ने पनि गर्थे, कहिलेकाहीँ जनताका काम सघाउँथे । कसले कसको खेत कमाएको छ, कसको साहु को हो र कसलाई कति ऋण छ — गाउँलेका समस्यालाई उनीहरूले मसिनो गरी बुझ्थे ।
घुलमिल हुँदै गएपछि उनीहरूले गाउँलेलाई बिस्तारै कम्युनिस्ट आन्दोलन बुझाउन सुरु गर्थे — कोही धनी र कोही गरिब किन हुन्छ ? कोही बसीबसी खाइरहेको छ, दिनभरि घोटिँदा पनि कसैलाई किन लाउन–खानकै दुःख छ ? गरिबसँग जग्गा–जमिन र सम्पत्ति किन छैन ? किन कोही झन्झन् धनी र गरिब झन्झन् गरिब बन्दै गइरहेको छ ? जनताको हक के हो ? विकास निर्माण र राज्यले दिने सेवा–सुविधा भनेको के हो ? यस्ता प्रश्नका जवाफ दिएर उनीहरूले जनतालाई जागरुक गर्थे । जनताले कुरा बुझ्न थालेपछि उनीहरूले आफ्नो मूल उद्देश्य बताउँथे — हामी एकजुट भएर वर्ग वा किसान संघर्ष गर्नुपर्छ । त्यसैका लागि हामीलाई माथिबाट पार्टीले खटाएको हो ।
जनता तयार र संगठित हुँदै गएपछि उनीहरूले संघर्षहरू चर्काउन थाले । एकपटक चितवनको पटेनीमा मोहियानी हक नदिने जमिनदारको खेत–खलोमै धान ठटाएर करिब चार सय मुरी धान मोहीहरूलाई बाँडिएको थियो ।
यसरी जनताको माझमा बस्दाबस्दै एकपटक रणेन्द्रको चप्पल फाट्यो, चप्पल तलतिरबाट खिइँदै गएको थियो । उनले त्यसलाई उल्ट्याएर अर्थात् उल्टो भागबाट तना हालेर लगाए । गाउँलेले सोधे — मास्टर भएर पनि किन थोत्रो चप्पल लगाएको ?
जनताका यस्ता दुःख देखेर उनीहरूले किसान संघर्षअन्तर्गत २०३१ सालमा मुग्लिनका एक ठेकदारको अन्न गोदाम कब्जा गरी गरिब किसानलाई बाँड्ने योजना बनाएका थिए । पृथ्वी राजमार्ग बन्दै गरेको अवस्थामा मजदुरलाई खुवाउन मुग्लिन बजारनजिकै ठेकदारले अन्नको ठूलो गोदाम राखेका थिए ।
जनतालाई संगठित र जागरुक गराउने आफूहरूको शैली सुनाउँछन् रणेन्द्र, ‘हामी पूर्णकालीन कार्यकर्ता सबैको हालत यही हुन्थ्यो । सबैले एकै प्रकारको कथा बुनेर गाउँलेलाई सुनाउँथ्यौँ — हामीले चिनियाँ कथाहरू पढेका छौँ । ती कथामा गाउँको सेवा गर्ने मान्छेले नाङ्गो खुट्टा हिँड्नुपर्छ भन्ने छ । डाक्टरहरूले पनि नांगो खुट्टा हिँड्दा स्वस्थ र बलियो भइन्छ भनेका छन् ।’
चितवनको पहाडी भेगतिर हिउँदमा जाडो बढ्ने भएकाले उनले आफ्ना लागि एउटा तन्ना लिएर गएका थिए । अधिकांश चेपाङसँग ओढ्ने–ओछ्याउने हुँदैनथ्यो । जाडोमा उनीहरू आगो फुक्थे, जिउ तताउँथे र सुत्थे । एउटा घरमा भर्खर बिहे गरेको जोडीको सकस देखेर उनले आफ्नो तन्ना दिए । चेपाङ गाउँमै उनले अर्का एक चेपाङलाई नाङ्गै देखे, मन थाम्न नसकेर आफ्नो कोट ती चेपाङलाई दिए । त्यस वर्षको हिउँद जनताका माझमा बसेर काट्न उनलाई हम्मे पर्यो । ‘ती पहाडमा बस्दा मैले गिठा, भ्याकुर, टाँकीको मुन्टा, निउरोको मुन्टाले भोक मेट्थेँ,’ रणेन्द्र भन्छन्, ‘काँचो माछा वा भ्यागुता खान पनि सिकेँ, त्यहाँका जनताले त्यसै गर्थे ।’
जनताका यस्ता दुःख देखेर उनीहरूले किसान संघर्षअन्तर्गत २०३१ सालमा मुग्लिनका एक ठेकदारको अन्न गोदाम कब्जा गरी गरिब किसानलाई बाँड्ने योजना बनाएका थिए । पृथ्वी राजमार्ग बन्दै गरेको अवस्थामा मजदुरलाई खुवाउन मुग्लिन बजारनजिकै ठेकदारले अन्नको ठूलो गोदाम राखेका थिए । रणेन्द्र भन्छन्, ‘हामीले मुग्लिन हान्न तयारी गरिरहँदा बुटवलमा मोदनाद प्रश्रित, केशरमणि लगायतलाई प्रहरीले गिरफ्तार गर्यो । अलि बढी जोखिम देखेर रूपलाल हामीलाई पछि हट्न निर्देशन दिए ।’
पञ्चायती शासनले आफ्नै पाराले गति लिँदै गर्दा खासगरी २०२० को दशकको उत्तराद्र्ध र २०३० को दशकको पूर्वाद्धमा नेपालमा सामन्तविरोधी जबर्जस्त आन्दोलन भए । २०३०–३१ सालमा कांग्रेसले सशस्त्र युद्ध चलायो । कम्युनिस्ट घटकबाट झापा विद्रोह (२०२८), हर्रेबर्रे (२०३०), जुगेडी–जुटपानी लगायत थुप्रै संघर्ष भए ।
जुगेडी संघर्ष
नारायणगढ बजारदेखि नजिकै रहेको जुगेडी बजारमा साहु धर्मराज मुल्मीले खाद्यान्न र कपडाको पसल राख्दै आएका थिए । गरिब जनताले आफूसँग भएका भाँडाकुँडादेखि गरगहना धरौटी राखेर धर्मराजको पसलबाट खाद्यान्न, नुन, कपडा आदि लैजाने गर्थे । ती साहुले धरौटी कौडीको भाउमा लिन्थे भने महँगोमा सामान दिएबापत चर्को ब्याज लिन्थे । यसबाहेक उनले अनेक किसिमको ब्याज (तोरी ब्याज, आनेब्याज, मानेब्याज, धानेब्याज, सुकेब्याज, बोकेब्याज, नुनेब्याज, सुने ब्याज, उधारो ब्याज आदि) लिने गर्थे ।
तिनै साहुको पसल कब्जा गरी गरिबहरूलाई लत्ताकपडा, खाद्यान्न तथा धरौटीमा राखिएका भाँडाकुँडा बाँड्ने योजना बन्यो । २०३४ असार ६ गते बिहान ५ नबज्दै कम्युनिस्ट कार्यकर्ता र किसानसहित सयौँको समूह जुगेडी बजार पुग्यो । पूर्वयोजना अनुसार किसानहरूले धर्मराज साहुको पसल घेरा हाले । धर्मराजको पसल कब्जा गर्न आएको बताउँदै अरु जनतालाई आ–आफ्नो घरमा बस्न उर्दी गरियो । किसानले धर्मराजको घर तथा पसलबाट धमाधम अन्नपात, लत्ताकपडा लगायत धन झिकेर बाटो लागे । अढाई घन्टा जति हिँडेर उनीहरू सिमलभञ्ज्याङ भन्ने ठाउँमा जम्मा भएका थिए । त्यहाँ अन्नपात लगायत सामान किसानलाई बराबर बाँडी कतिले आफ्नो बाटो तताइसकेका थिए, त्यही बेला प्रहरी आइपुग्यो र गोली चलायो ।
‘क्रान्तिकारीसँग पनि बन्दुक थिए तर अन्य सामानका बीचमा परेकाले झिक्न भ्याइएन र जुगेडी संघर्ष अर्धसफल रह्यो,’ रणेन्द्र भन्छन्, ‘तर यसले राष्ट्रव्यापी रूपमा पूरा प्रचार पायो । पश्चिममा भीमदत्त पन्तले चलाएको सामन्त खेद्ने आन्दोलन, गण्डक क्षेत्रमा एकदेव आलेले चलाएको सामन्तका सुली फोरेर वा भकारी भत्काएर गरिबलाई अन्न बाँडेको आन्दोलनपछिको यो ठूलो आन्दोलन थियो ।’
जुटपाटी संघर्ष
राजाले जनमत संग्रहको घोषणा गरेसँगै नेपाल मजदुर किसान संगठनले ‘जनमत संग्रह धोका हो, जनसंघर्ष जारी छ’ नारासहित गाउँगाउँमा संघर्ष गर्दै आइरहेको थियो । यसै क्रममा जुटपानीमा पनि संघर्ष भयो ।
२०५० माघ १४ गतेदेखि चितवनको बघौडामा योगी नरहरिनाथको अगुवाइमा कोटिहोम लगाइएको थियो । नरहरिनाथ लगायतले हिन्दु धर्मावलम्बीलाई कोटिहोममा पूजा गर्न भेदभाव नगरिने उद्घोष गरेका थिए । यो थाहा पाएर वरपरका दलितहरू फूलपाती, अक्षता, धान–चामल घिउ–दूध लगायत पूजा सामग्रीसहित कोटिहोम लगाएका स्थानमा पुगे, तर कोटिहोमका पुजारीले दलितलाई छुवाछुत गरी दूधघिउ लगायत छोइने भनिएका पूजा सामग्री लिएनन् ।
२०३५ फागुनतिर, जुटपानीका एक कृषकले आफ्नो नामको जमिन बन्धकी राखी ऋण लिएका थिए, त्यसको केही समयमै उनको निधन भयो । साना बालबच्चा छाडेर उनकी श्रीमतीले दोस्रो बिहे गरिन् । प्रधानपञ्च, उपप्रधानपञ्च लगायत व्यक्तिले सो जग्गा बिक्री गरी बन्धकी फिर्ता गराइदिए, (डा. राजेन्द्रप्रसाद रेग्मीको पुस्तक नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा) ।
नेपाल मजदुर किसान संगठनको जुटपानीस्थित सेल कमिटीले यस विषयलाई सार्वजनिक सुनुवाइको विषय बनाएर बालबच्चाको जमिन फिर्ता गर्न दबाब दियो । सामाजिक दबाबका कारण २०३६ जेठको अन्ततिर सो जग्गा फिर्ता गराइयो ।
जुटपानीस्थित उपप्रधानपञ्च मेघनाथ अर्यालको धान तथा मकै मिलले किसानसँग मंसिरमा ३० रुपैयाँमा एक मुरी धान लिएर वैशाखमा त्यही धान एक सय ३० रुपैयाँमा तिनै किसानलाई बिक्री गथ्र्यो । गरिब किसानको जग्गा खाएको, गरिब जनतालाई अनेक मुद्दामा फसाएको लगायत आरोप उपप्रधानपञ्चमाथि थियो ।
२०३६ साउन ५ गते दिनको ३ बजेतिर, किसान संगठनका कार्यकर्ता र पाँच सय जति कृषकहरू उपप्रधानपञ्चको मिलमा जम्मा भई अन्न लगायत सरसामान झिकेर गरिबलाई बाँडियो । यस्तै जुटपानीकै कार्की थरका व्यक्तिको गोदाम फोरेर सर्वसाधारण जनतालाई अन्न बाड्ने योजना बनेको थियो । यसपटक प्रहरी प्रशासनलाई पहिले नै जानकारी भएकाले गोली चलायो । १३ वर्षीय कर्णबहादुर बुढाथोकी घटनास्थलमै मारिए । अरु भागाभाग भए । आठ जनलाई प्रहरीले पक्राउ गर्यो ।
सामन्तविरोधी यी संघर्ष रूपलाल विश्वकर्माको नेतृत्व र निर्देशनमा भएका थिए, जसको योजना बनाउने र मैदानमै उत्रने लगायत भूमिका रणेन्द्रले निभाउँथे ।
कोटिहोम आन्दोलन
२०५० माघ १४ गतेदेखि चितवनको बघौडामा योगी नरहरिनाथको अगुवाइमा कोटिहोम लगाइएको थियो । नरहरिनाथ लगायतले हिन्दु धर्मावलम्बीलाई कोटिहोममा पूजा गर्न भेदभाव नगरिने उद्घोष गरेका थिए । यो थाहा पाएर वरपरका दलितहरू फूलपाती, अक्षता, धान–चामल घिउ–दूध लगायत पूजा सामग्रीसहित कोटिहोम लगाएका स्थानमा पुगे, तर कोटिहोमका पुजारीले दलितलाई छुवाछुत गरी दूधघिउ लगायत छोइने भनिएका पूजा सामग्री लिएनन् ।
यही विषयलाई लिएर माघ २५ गते कोटिहोम चलिरहेको स्थानमा पाँच सयजना जति दलितहरू जम्मा भई नाराजुलुस गरे । दलितहरू कोटिहोममा प्रवेश गर्न लागेपछि कोटिहोम आयोजक समितिले प्रतिकारका लागि महिलाहरूलाई अघि सार्यो । त्यही बेला रणेन्द्र बरालीले भने, ‘नारीलाई सती प्रथामा जिउँदै जलाएर मार्ने यही हिन्दु धर्म । आजसम्म पैतालाको पानी खुवाएर कुल्चिने यही हिन्दुधर्म । महिलाले पढ्न हुँदैन, पुरुषले पिटे–कुटे पनि सहुनपर्छ प्रतिकार गरे पाप लाग्छ भन्ने यही यही हिन्दु धर्म । धर्मले गरेको जातीय विभेदको पक्षमा उभिन आउने तपाईं महिला ! (‘दलनविरुद्धको प्रतिरोध’ पुस्तक) ।’
रणेन्द्रले यति भनेपछि प्रतिकार गर्न आएका महिलाहरू पछि हटे । दलितहरूले कोटिहोममा होम गर्न थाले । दलितले छोइदिएको निहुँमा कोटिहोम बन्द गरियो । त्यही साँझ न्याय माग्दै दलितहरूले लालटिन जुलुस गरे, जसमा दलित तथा गैरदलित युवा सहभागी थिए ।
यो आन्दोलनमा राजनीतिक घटक जनमोर्चाले साथ दिएको थियो । यसम थुप्रै दलित नेता सहभागी थिए, यो आन्दोलन आफ्नो नेतृत्वमा भएको रणेन्द्र बताउँछन् ।
दलित आन्दोलनकै कारण समाज र राज्य व्यवस्थामा ठूलै परिवर्तन आएको छ । संविधानमा दलितको हक उल्लेख छ, कानुन बनेका छन् । कम्युनिस्ट र दलित आन्दोलनबारे गफिँदै गर्दा मैले उनलाई सोधेँ — अचेल दलित आन्दोलन कमजोर भएको हो, अब कस्तो स्वरूपको आन्दोलन आवश्यक हो । ‘जातीय विभेदको सवालमा आन्दोलन झन् चुनौतीपूर्ण भएर आयो । किनभने, हिन्दु धर्ममा आधारित सामन्ती शोषणको उपज हो, जातीय विभेद तथा छुवाछुत । हिन्दु धर्ममा थुप्रै सकारात्मक पक्ष छन् तर अहिले हिन्दु धर्मका नकारात्मक मूल्य–मान्यतालाई निस्तेज गर्ने आन्दोलन आवश्यक छ,’ रणेन्द्र आफ्नो अनुभवजन्य विचार व्यक्त गर्छन्, ‘अहिले धार्मिक आस्थालाई बढावा दिने काम भइरहेको छ । नेता तथा उच्च पदस्थ नै धार्मिक अनुष्ठान र पर्वहरू मान्नमा उद्यत छन् । फेर्नुपर्ने त यो संस्कारलाई हो । आज मै हुँ भन्ने कम्युनिस्टको घरको भित्र वा बाहिर देवताको थान स्थापना हुन थालेको छ ।’
उनले आफ्नो छिमेकमै रहेको एउटा घर औँल्याउँदै भने, ‘मसँगै पढेको साथी रामचन्द्र आचार्यको घर हो त्यो । वामपन्थमा आस्था राख्ने उनी लामो समय जिल्ला शिक्षा अधिकारी भए । चितवनमा हामी सँगै खेले–हुर्केका साथी थियौँ । अहिले संयोगले यहाँ हामी दुवैको घर सँगै छ । अस्ति असारमा उनकी श्रीमती खसिछन् तर मलाई थाहा दिएनन् । यतिसम्म कि मर्निङवाकमा भेट्दा मेरी श्रीमती बितिन् भनेनन् तिनले । किनभने, त्यो दुःखमा म साथीको घरमा सान्त्वना दिन जाने भएँ, यसो फलफूल लिएर । मजत्तिको मान्छेलाई बाहिर बस भन्न पनि मिलेन । यसो चिया वा पानी दिनुपर्ला । यसो हुँदा उनलाई उनका मान्छेलाई बिटुलो भयो भनी बहिष्कार गर्लान् । त्यसैले उनले बोलाएनन् । वामपन्थीहरूले जमिनमुनि नर्क छैन, आकाशमाथि स्वर्ग छैन भनेर पढाए । आज उनीहरू नै फेरिएका छन् ।’
उदाहरणीय प्रचण्ड
अहिले माओवादीको रूपान्तरण अभियान चलिरहेको छ । यो अभियानमा हिँड्दा रणेन्द्रले प्रचण्डको उदाहरण पेस गर्ने गरेका छन् । प्रचण्डको घरमा पाँचजनाको मृत्यु भयो, उनी क्रान्तिमा लागेदेखि । सुरुमा आमा बितिन्, बा बिते, जेठी छोरी बितिन्, छोरा बिते र अहिले पत्नी । उनले कुनै पनि बेला एक रात परम्पराका धार्मिक मान्यता मानेनन् । बा बित्दा शव देवघाट ल्याइएको थियो । त्यहाँ अन्तिम श्रद्धाञ्जलि दिन रणेन्द्र लगायत पुगेका थिए । त्यतिबेला प्रचण्डले भनेका थिए — हामीले जुन मृत्यु संस्कार गर्दै आएका छौँ, अब हामीले परिवर्तन गर्नुपर्छ । यो अन्धविश्वासलाई मान्यता दिएर हिन्दु संस्कार जो गरिन्छ, त्यसलाई त्याग्नुपर्छ । मैले मेरो बाको परम्परागत किरिया गर्दिनँ, भाइहरूको आफ्नो खुसी हो, तर मैले कपाल काटेर कोरा बस्दिनँ । हामी यस्ता अन्धविश्वासको विरोध गर्छौं, यसले हुने केही होइन । बालाई हामीले बचाउन धेरै कोसिस गरियो, सकिएन । जिउँदो हुँदा जे जति गर्न सकेँ त्यही नै हो उहाँप्रतिको श्रद्धा । अब गरेर उहाँको भौतिक शरीरले पाउने होइन । यसको अर्थ छैन ।
‘माओवादी पार्टीभित्र कि प्रचण्डलाई नेता नमान्नुपर्यो, प्रचण्डले गरेको गलत हो भन्नुपर्यो, प्रचण्डलाई नेता मान्ने, प्रचण्डले गरेको ठीक हो भन्ने तर आफूले नगर्ने ?’ रणेन्द्र्र माओवादीको रूपान्तरण अभियानमाथि प्रश्न गर्छन्, ‘रूपान्तरण भनेको के हो ? अरु रूपान्तरण भएर आफूलाई हुन्छ ? संस्कारगत रूपमा रूपान्तरण नभएसम्म परिवर्तन हुँदैन, विभेद जाँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरधाममा मासु, माछा र मदिरा बिक्री वितरणमा रोक
-
वैदेशिक रोजगारीमा सधैँ भर पर्ने कि राज्यले केही पहल गर्ने ?
-
‘सोनु निगम लाइभ इन नेपाल’ मा जोडियो दिपल
-
भुटानी राजा नेपाल हुँदै भारत जाने
-
एनपीएलका अवसरमा अफर : डिशहोमको इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर
-
आउला त फिल्म पुष्पा–३ ?