बालकथा : गोरुको खेल स्यालको झेल
नेपालीमा एउटा भनाइ छ भाइ फुटे गवार लुटे । यसको अर्थ हो दाजुभाइ मिलेर बस्नुपर्छ । यदि उनीहरूमा फुट आयो भने कमजोर बन्छन् र यसैको आधारमा अरूले खेल्ने अवसर पाउँछन् । परिवारभित्र झगडा हुँदा नै छिमेकीले टाउको उठाउने हुन्, उठाउने अवसर पाउने हुन् । त्यतिसम्म त ठीकै मानिएला । छिमेकीले टाउको उठाउनु नराम्रो नहोला तर पारिवारिक विखण्डको बिऊ रोपिने वा रोपिन सक्ने भनेको त्यसपछि नै हो । त्यसैले यस्तो अवस्था भरसक आउन दिनुहुँदैन ।
धेरै पहिलेको कुरा हो एक दिन एउटा स्याल कुनै गाउँको छेउबाट जाँदै थियो । संयोगवश त्यस दिन सो गाउँमा हाट अर्थात् बजार लागेको रहेछ । प्रायः गाउँघरमा शहरबजारतिर जस्तो सँधै बजार लाग्दैन । हप्तामा एक दिन मात्र लाग्छ । गाउँलेहरू त्यसै दिन आफ्ना घरमा भएका चीजहरू बिक्रीमा लान्छन् । ग्राहकहरू पनि एक हप्तालाई पुग्ने सामान त्यसै दिन किनेर राख्छन् ।
बजारमा मानिसहरूको भीड ठूलै थियो । कतै घरायसी सामानको खरिद बिक्री भइरहेका थिए कतै पशुचौपायको बजार लागेको थियो । कतै बालबालिकाले खेल्ने पिङ थियो । कतै गोरु जुदाइको खेल भइरहेको थियो मानिसहरू चित्याएर खेलको आनन्द लिरहेका थिए ।
हल्ला सुनेर स्याल पनि के रहेछ भन्दै त्यतै लाग्यो । नजिकै गएर हेर्दा दुईवटा गोरु जुधेको देख्यो र छक्क पर्यो । गोरु दुवै उस्तै बलिया थिए । एकै छिनमा एउटाले जित्लाजस्तो हुन्थ्यो तत्कालै अर्कोले जित्ने तरखर गथ्र्यो ।
जुधाइ जबरजस्त थियो । दुवैले आ–आफ्ना सिङले हानेर एकले अर्कोलाई रक्ताम्य बनाएका थिए । तैपनि रोकिने नामोनिसानै थिएन । उनीहरूलाई न रगत बगेको थाहा थियो न थकाइको नै हेक्का थियो । संयोगवश उनीहरूको रगतको केही थोपा स्यालको मुखमा पनि पर्यो । जब रागत चाख्न पायो तब उसको मुखबाट र्याल चुहिन थाल्यो । गोरुको ताजा रगतको स्वाद पाएपछि उसले आफूलाई थाम्न सकेन र आफ्नो शक्तिको ख्यालै नगरी गोरुलाई मारेर पूरै रगत खाने विचारले आक्रमण गर्न पुग्यो । तर, भइदियो के भने जब उसले आक्रमण गरेको थियो तब गोरुले यसरी कसेर लात्ती हान्यो कि ऊ तीन हात पर पुगेर पछारियो । अन्ततः त्यहीँ उसको प्राणपखेरु उड्यो । यसरी लोभले आन्धो भएर स्यालले आफूभन्दा ठूलो शक्तिमाथि जाई लाग्न खोज्दा जीवनबाटै हात धुनुपर्यो ।
धेरै पहिलेदेखि पढ्दै र सुन्दै आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर आपसी झगडा र लोभको परिणाम भने जहाँ पनि यस्तै हुन्छ । आपसमा झगडा गर्दा त्यति ठूलो गोरुलाई स्यालले पनि आक्रमण गर्ने हिम्मत गर्यो । उता आफ्नो शक्तिको विचार नगरी धेरै खान खोज्दा स्यालको ज्यान गयो । त्यसैले झगडा कसैसित पनि राम्रो होइन । त्यसमाथि पनि अफ्नै वंश र बन्धुवान्धवबीचमा त कहिले पनि गर्नुहुँदैन । त्यस्तै लोभ पनि आफ्नो शक्तिभन्दा बढी गर्न हुँदैन ।
लोभ जन्मजात गुण भएकाले गर्नै हुँदैन भन्न त सकिन्न । किनकि लोभ नगरी कोही पनि बस्न सक्दैन तर त्यति मात्र गर्नु राम्रो हुन्छ, जति आफूमा पचाउन सक्ने शक्ति छ । अन्यथा लोभले लाभ, लाभले विलापको नियति भोग्न वाध्य हुनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री