रास्वपाले राजनीतिक दस्तावेजमाथि बौद्धिक छलफल चलाउन वाग्लेको नेतृत्वमा बनायो उपसमिति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजमाथि बौद्धिक छलफल चलाउन सांसद स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति बनाउने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले स्वर्णिमको नेतृत्वमा सात सदस्यीय उपसमिति बनाउने निर्णय गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।
'उपसमितिमा रहने सदस्यहरूको नाम तय भइनसकेको छैन । समितिले तीन दिन बौद्धिक छलफल गरेर राजनीतिक दस्तावेजका लागि राय दिने छ,' उनले भने । रास्वपाले जनताको आवाज सुन्न केन्द्रीय नेता र सांसदहरूलाई १९ जिल्लामा खटाएको थियो। त्यहाँबाट महत्त्वपूर्ण सुझाव आएको र बौद्धिक व्यक्तिहरूसँग पनि छलफल गर्नु उपयुक्त हुने रास्वपाको निष्कर्ष छ ।
बैठकले असोज मसान्तमित्र पार्टीका सबै सांसदलाई सार्वजनिक सुनुवाइ गरिसक्न निर्देशन दिएको ढकालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि
-
ओली–प्रचण्डले नियुक्त गर्न नसकेको धितोपत्र बोर्ड अध्यक्ष छनोटको अर्को श्रृंखला
-
लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
-
प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा
-
विदेशबाट आउँदा के-के सामान ल्याउन पाइन्छ, के ल्याए जफत हुन्छ ?
-
कोप–२९ सम्मेलन : नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी