ऋण उठाउन नसकेपछि बैंकहरुले गुहार्न थाले ऋण असुली न्यायाधिकरण
काठमाडौं–बैंक तथा वित्तीय संस्थाहरु लगानी गरेको ऋण उठाउन नसकेपछि ऋण असुली न्यायाधिकरण धाउने क्रम बढ्न थालेको छ । ऋण असुली न्यायाधिकरण मार्फत मात्रै उनीहरुले हालसम्म १८ अर्ब २० करोड बढी ऋण असुली गरेको असुली शाखाका प्रमुख प्रकाश पराजुलीले बताए । यो न्यायाधकरण स्थापना भएयताको असुली रकम हो । न्यायाधिकरणको स्थापना २०६० सालमा भएको हो ।
हालसम्म न्यायाधिकरणमा ३७२ वटा मुद्दा परेकोमा ७२ वटाको निर्णय भइसकेको छ । जसमार्फत विभिन्न बैंकहरुको १८ अर्ब २० करोड रुपैयाँ भन्दा बढी उठेको हो । चैतको १४ दिनमा मात्रै न्यायाधिकरणले ४ करोड रुपैयाँ भन्दा बढी असुली गरिसकेको छ । गत आर्थिक वर्षमा १०६ वटा मुद्दा परेकोमा यो आवको साढे ८ महिनामै ९९ वटा मुद्दा परिसकेको छ ।
यस आधारले पनि यो वर्ष मुद्दा गत वर्षको भन्दा बढ्ने देखिएको पराजुलीले बताए । चालु आर्थिक वर्षको ८ महिनामा भने ९७ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको ऋण असुलिएको छ । पराजुलीका अनुसार १८ अर्ब रुपैयाँ भन्दा बढी अझै उठाउने प्रक्रियामा रहेको छ ।
बैंकहरुले ऋण दिँदा धितो राख्ने तर के कस्तो धितो हो सम्बन्धित ठाउँमा गएर नबुझ्दा उनीहरुको ऋण लगानी डुब्ने खतरा बढेको उनको भनाई छ । उनका अनुसार धितो लिलामी राख्दा समेत ऋण असुल हुन नसक्ने भएपछि बैंकहरुले न्यायाधिकरण गुहार्ने गरेका छन् । धेरैजसो धितो लिलामी गर्दा पनि ऋण असुल नहुने अवस्थाका मुद्दा न्यायाधिकरणमा आउँछन् । न्यायाधिकरणले धमाधम ऋण उठाइदिन थालेपछि बैंकहरुले पनि मुद्दा दर्ता गर्नेक्रम बढेको न्यायाधिकरणको कार्यालयले बताएको छ ।
न्यायाधिकरण धाउँदा कति खर्च हुन्छ ?
ऋण असुली न्यायाधिकरणले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मात्र मुद्दा लिने गरेको छ । ५ लाख रुपैयाँ भन्दा कम रकमको ऋण असुली मुद्दा न्यायाधिकरणले लिँदैन । ऋण असुली मुद्दा दर्ता गर्दा सम्बन्धित बैंक तथा वित्तिय संस्थाले दाबी रकमा ०.२५ प्रतिशत रकम न्यायाधिकरणलाई बुझाउनुपर्छ ।
न्यायाधिकरणले ऋण असुल गरेको अवस्थामा भने उठेको ऋणको १ प्रतिशत शुल्क लिन्छ । यदि मिलापत्र गराउनसक्ने अवस्था छ भने यसको लागि दाबी रकमको ०.५० प्रतिशत उजुरवाला र प्रतिवादीले आधा आधा तिर्नुपर्नेछ ।
बैंक तथा वित्तिय संस्थाको ऋण असुली ऐन २०५८ तथा बैंक तथा वित्तिय सँस्थाको ऋण असुली नियमावली २०५९ अनुसार भाखा नाघेको कर्जाको लागि ५ वर्ष भित्र निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएको १५ दिनभित्र न्यायाधिकरणले प्रतिवादीलाई आफ्नो सफाइको लागि सबुद प्रमाण सहित १५ दिनको म्याद दिन्छ । न्यायाधिकरणले प्रतिउत्तर प्राप्त भएको समितिले १५० दिन भित्र मुद्दाको किनारा लगाइसक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु