यस्तो छ आजको मौसम पूर्वानुमान
बिहीबार, ११ असोज २०८०, ०६ : ०९

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?
-
बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव
-
प्रभु साहको प्रश्न : म्यानपावरहरूले १० हजार सेवा शुल्क लिनुपर्नेमा लाखौँ रकम असुलिरहँदा सरकार किन मौन ?
-
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
-
असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन