काभ्रे उद्योग वाणिज्य संघका अध्यक्षको पसलमा म्याद सकिएको चामल, ३ लाख जरिवाना
बुधबार, १० असोज २०८०, २२ : १४

काभ्रे । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्षको राजेन्द्र पसछेको पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ।
अनुगमनका क्रममा विभागको टोलीले पनौती नगरपालिका–७ मा रहेको ओम श्री पसछे ट्रेडर्सबाट म्याद सकिएको २९ बोरा चामल बरामद गरेको हो ।
विभागको टोली बरामद गरेको म्याद सकिएको चामल नष्ट गर्दै ओम श्री पसछे ट्रेडर्सलाई ३ लाख रुपैयाँ जरिवाना गरेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । उनले ट्रेडर्सबाट ६७ हजार बराबरको म्याद सकिएको चामल बरामद गरिएको बताए।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले चाडवाडलाई लक्षित गर्दै बजार अनुगमन गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना