प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबिच भेटवार्ता
बुधबार, १० असोज २०८०, २१ : ०९

नयाँ दिल्ली । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबिच भेटवार्ता भएको छ । इन्डो–प्यासिफिक आर्मिज चिफ कन्फ्रेन्समा सहभागी हुन भारत पुगेका शर्मा र पाण्डेबिच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटघाटमा दुई सेना प्रमुखबिच रक्षा सहकार्य र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ । शर्मा गत असोज ७ गते सम्मेलनको १३ औँ संस्करणमा भाग लिन त्यहाँ पुगेका थिए ।
असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन भएको सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबिच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु रहेको थियो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस