गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाइल बैकिङ सुचारु गर्न मिल्ने
बुधबार, १० असोज २०८०, २० : २५

काठमाडौँ । विदेशमा रहेका नेपालीहरुका लागि गरिमा विकास बैंकले मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ । नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच पुर्याउनका लागि यो सेवा उपलब्ध गराइएको हो ।
अब विदेशमा बसेर बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकहरूले बैंकले तोके बमोजिमका कागजातहरू पुरा गरी यो सेवा लिन सक्नेछन् । साथै, यो सुविधा लिने ग्राहकले गरिमा विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नेछन् । बैंकले कहिले पनि फोन गरेर वा अरू माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण नमाग्ने जानकारी दिँदै फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ विवरण अरूलाई नबाँड्न आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अञ्जिला’ले कति पायो शो ?
-
असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा
-
प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतारिने छ: प्रचण्ड
-
‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत
-
तातिँदै स्ववियु चुनावको माहौल, तस्बिरहरू
-
कुर्सी बोकेर किन संसद्बाट हिँडेँ ट्रुडो ?