नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न
![नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न](https://npcdn.ratopati.com/media/news/photo-chairperson_VqXRmDTLoB.jpg)
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम काठमाडौँस्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आ.व. २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्ताहरूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो । यसको साथै नेपालभरिबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्वितीय र तृतीय हुने अभिकर्ताहरू, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्ताहरूलाई पनि सम्मानित गरिएको थियो ।
समारोहमा अध्यक्ष सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रूपमा आफूलाई स्थापित गरेको बताइन् । कम्पनीले आउने दिनहरूमा आफ्नो प्रतिस्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरूलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको र यो सबै अभिकर्ताहरूको योगदानबाट मात्र सम्भव हुने भएकोले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता प्रकट गरिन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आफ्नो वर्ष भरीको मेहनत र परिश्रम बापत तोकिएको लक्ष्य पुरा गरी यस कार्यक्रममा सहभागी भई चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरूलाई बधाई ज्ञापन गर्नुहुँदै अभिकर्ताहरू कम्पनीका मेरुदण्ड रहेको र अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता