यू–१९ साफ च्याम्पियनसिप : पाकिस्तान फाइनलमा
काठमाडौँ । सडेन डेथमा भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडेन डेथमा ६-५ गोलअन्तरले हराउँदै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यु १९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो पहिलो सहभागिता हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरको पहिलो सेटमा दुवै टोलीका समान पाँच–पाँच जना खेलाडीले गोल गरेपछि खेल सडन डेथमा धकेलिएको हो । सडन डेथमा पाकिस्तानका आदिल युनास, शाह जहान, अलि जफर, खुर्सिद आलम, मुहम्मद सदाम र कमिल अहमद खानले गोल गरेका थिए ।
त्यस्तै भुटानका लागि किञ्जाङ तेन्जिङ, जिग्मे नाम्ग्येल, रिन्जिन दोर्जी, उग्यन दोर्जी र पेमा जाङपोले गोल गरे । छेत्रीम पेलजाङको पेनाल्टी भने पाकिस्तानका गोलरक्षक साहिल गुलले रोकेका थिए । पाकिस्तानले फाइनल खेलमा आजै साँझ ५.३० बजे हुने नेपाल र भारतबीचको विजेता टोलीसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ प्रतिशत भ्रष्टाचारका उजुरी स्थानीय तहसँग सम्बन्धित
-
इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे परराष्ट्रमन्त्रीले लिइन् जानकारी, आवश्यक सहयोग गर्न निर्देशन
-
कतारका राजदूतसँग मेयर बालेनले भने, ‘विश्वकपको व्यवस्थापनबाट प्रभावित छौँ’
-
टी–२० महिला विश्वकप : भारतसँग हार्यो पाकिस्तान
-
नेक्सजेनको साधारण सभा सम्पन्न, नाम परिवर्तन र नयाँ सञ्चालक मनोनयन
-
झ्याप्ले दुर्घटनामा प्रहरीको लापरबाहीबारे छानबिन हुँदै