रास्वपाप्रति ओलीको टिप्पणी–टुप्पामा पलाएका ऐजेरु

सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लोकतन्त्रको टुप्पोमा पलाएको ऐजेरुको भएको बताएका छन् ।
वीरेन्द्रनगर आयोजित प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ऐजेरु पार्टीभन्दा एमाले जनताको पार्टीका रुपमा स्थापित दल रहेको बताए ।
उनले रास्वपालाई अनेरास्ववियुसँग तुलना समेत गरे । 'उनीहरुले हामीलाई पुराना पार्टी भनिरहेका छन्,' उनले भने,' यो देशको एक मात्र विकास र परिवर्तनको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने कुरा उनीहरुलाई थाह छैन । '
यस्तै अध्यक्ष ओलीले वर्तमान सरकार गुण्डाहरुको सरकार भएको आरोप लगाएका छन्। देशमा जताततै बलात्कारी, गुण्डागर्दी चलिरहेको बताउँदै उनले यो सरकार गुण्डाहरुको सरकार भएको दाबी गरे ।
यस्तै अध्यक्ष ओलीले कर्णालीमा प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका छन् । उनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिए । नेतृत्वको कुरा सुनेर अगाडि बढ्नुपर्ने उनले बताए ।
अध्यक्ष ओलीले सहमति हुँदै नभए मात्रै चुनाव लड्न भनेका छन् । तर प्यानल बनाएर चुनाव नलड्न उनले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ