रेलको कुरा गर्दा गुडियाको रेल बनाएर मजाक उडाए : ओली
बुधबार, १० असोज २०८०, १७ : २५

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा रेलको कुरा गर्दा गुडियाको रेल बनाएर मजाक उडाइएको बताएका छन् ।
वीरेन्द्रनगरमा आयोजित प्रदेश अधिवेशनमा बोल्दै उनले रेल बनाउने कुरा गरेर जनतामा आशा जगाइएको बताए ।
'नेपालीले पनि रेल चढ्न सक्दछन् भनेर योजना अगाडि बढाउँदा मजाक उडाइयो,' उनले भने,' उनीहरुलाई के थाह रेल चढ्ने कुरा ।'
यस्तै ओलीले जनताले विकास एमाले आएपछि मात्र देखेको बताए । उनले एमाले आएपछि मात्र नदीका किनारदेखि जताततै विकास भएको बताए ।