मणिपाल घटना : इन्स्पेक्टर निलम्बित, बैदामका डीएसपीको सरुवा
बैदाममा राजेन्द्र श्रेष्ठको सरुवा
बुधबार, १० असोज २०८०, १७ : ०९

काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालमा विवाद भएपछि सुरक्षामा खटिएका प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरिएको छ । उपचाररत एकजना महिलाको मृत्युपछि उत्पन्न विवादमा ‘विवादास्पद अभिव्यक्ति’ दिएका श्रेष्ठलाई निलम्बन गरिएको गृह मन्त्रीका स्वकीय सचिव विजय गौतमले बताए ।
वडा प्रहरी कार्यालय बैदाममा कार्यरत डिएसपी वेद प्रकाश जोशीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । वडा प्रहरी कार्यालय बैदामको क्षेत्रमा बिरामीका आफन्तले प्रदर्शन गरेका थिए ।
इन्स्पेक्टर श्रेष्ठ जिल्ला प्रहरी कार्यालयबाट प्रदर्शन स्थलमा खटिएका थिए । प्रहरी प्रधान कार्यालयले बैदाममा डिएसपी राजेन्द्र श्रेष्ठलाई सरुवा गरेको छ । श्रेष्ठ प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय