सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

समृद्ध नेपाल निर्माण गर्ने पार्टीविरुद्ध घेराबन्दी गरियो : अध्यक्ष ओली

बुधबार, १० असोज २०८०, १६ : ५३
बुधबार, १० असोज २०८०

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले‌ एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित‌ एमाले कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै प्रकारका बाधा, व्यवधानलाई पराजित गर्दै समृद्ध नेपाल निर्माण गर्ने पार्टी एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको बताए ।  

अध्यक्ष ओलीले एमाले‌ सबै खाले व्यवधानलाई पराजित गर्दै अगाडि बढ्ने पार्टी रहेको बताए ।  त्यसको लागि मिसन २०८४ अभियान चलाइएको भन्दै उनले २०८४ लाई अर्थपूर्ण वर्षका रुपमा मनाउनुपर्ने  समेत बताए । 

यस्तै अध्यक्ष ओलीले एमालेलाई विकासको नायकत्व लिने पार्टी बनाउने अभियानमा लागिएको पनि बताए । सोही अनुसार पार्टीको अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।

अध्यक्ष ओलीले एमाले अरुले फैलाएको भ्रमका पछि नपर्ने र के गर्ने भन्ने कुरा एमालेलाई राम्रोसँग थाह भएको बताए । एमाले देशभक्ति पार्टी रहेको दाबी गर्दै उनले अरु कुनै दलले राष्ट्रिय हितमा काम नगरेको समेत बताए ।  

राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने एमाले मात्र रहेको बताउँदै अध्यक्ष ओलीले विदेशीको इसारामा चल्ने दलहरुले अहिले सरकारको नेतृत्व गरिरहेको  बताए ।

यस्तै अध्यक्ष ओलीले उनीहरुले‌ दिनानुदिन क्विन्टलका  क्विन्टल सुन भित्र्याउने काम गरिरहेको बताए । 'जाँच्ने मेसिनले रोक भन्दै छ तर, लैजा‌लैजा भनेर पास गरिएको छ,' ओलीले भने,' त्यो कहाँ जान्छ हामीलाई राम्रोसँग थाह छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप