इरानले प्रक्षेपण गर्यो उपग्रह, अमेरिकाले के भन्यो ?

इरानले बुधवार एउटा इमेजिङ स्याटलाइट (उपग्रह) सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ ।
इरानको यस्तो कदमले पश्चिमी देशसँगको तनाव झनै बढाउन सक्छ । पश्चिमी देशलाई यो कुराको आशङ्का छ कि इरान स्पेस टेक्नोलोजीको प्रयोग परमाणु हतियार बनाउन गर्न सक्छ ।
इरानको समाचार एजेन्सी इरानाको खबर अनुसार इरानका सञ्चार मन्त्री इसा जारेपोरले भने, ‘नूर–३ स्याटलाइटलाई धर्तीको सतहभन्दा माथि ४५० किलोमिटरको दुरीमा अन्तरिक्षमा राखिएको छ ।’
यद्यपि, इरानले यो उपग्रह कहिले प्रक्षेपण गर्यो भन्नेबारे कुनै जानकारी छैन । इमेजिङ स्याटलाइट नूर–३ धर्तीको सतहभन्दा माथि ४५० किलोमिटरको दुरीमा चक्कर लगाउनेछ ।
अमेरिकी सेनाले यस्तो खालको लामो दुरीको ब्यालेस्टिक प्रविधिले इरानलाई परमाणु हतियारजस्ता लामो दुरीको मारक क्षमता भएको हतियार बनाउन मद्दत गर्न सक्ने बताएको छ ।
इरान मध्यपूर्वी देशमा इरानको मिसाइल कार्यक्रम सबैभन्दा ठुलो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास