सर्लाहीमा सद्भाव कायम गर्न लोसपाको आग्रह
बुधबार, १० असोज २०८०, १६ : ३७
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सर्लाहीमा समाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गरेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी केही दिनदेखि सर्लाहीको मलंगवामा देखिएको समाजिक तथा धार्मिक तनावप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । नेपाल बहु जातीय, बहु भाषिक, बहु धार्मिक, बहु सांस्कृतिकसहितको विविधतायुक्त देश हो र पूर्णरुपेन सहिष्णु समाजिक परिवेश नै पहिचानरहेको उनले उल्लेख गरेका छन् ।
एक अर्काको विविधिता युक्त पहिचानलाई सम्मान गर्दै समाजिक सद्भाव कायम गर्न सबै पक्षसँग अध्यक्ष ठाकुरले आग्रह गरेका छन् । सरकार तथा स्थानीय प्रशासनलाई आवान्छित क्रियाकलापमा संलग्नलाइ कार्यवाही तथा जिल्लामा कानुन, व्यवस्थ कायम गर्न उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार