सरकारले अपरिपक्व ढंगले ल्याएको शिक्षा विधेयक सच्याउनुपर्छः चन्द्र भण्डारी
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धि विधेयक सच्याउन आफूहरु लागि परेको बताएका छन् ।
सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नुपरेको जिकिर समेत गरे । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी सो विधेयक पारित हुने समेत बताए । उनले चिकित्सकहरुमाथि हातहात हुनु अत्यन्तै दुखद् भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि कडा कानून बनाउनुपर्ने बताए । उनले शिक्षा क्षेत्रको समस्या समाधानका लागि नयाँ पुस्तालाई सो सेवामा प्रवेश गराउनुको विकल्प नरहेको तर्क समेत गरे । पुराना पुस्तालाई अपडेट गर्ने र नयाँलाई प्रवेश गराएर मात्रै मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने सांसद भण्डारीको भनाइ थियो ।
उनले भने, ‘अहिले यो विकृतिको सबैभन्दा चरम सीमा जस्तो देखिन्छ । व्यवस्थापनको अकर्मण्यता पनि देखिन्छ । तेस्रो मुलुकको मुलतत्व के हो भन्ने कुरा नबुझेको पनि देखिन्छ क्या । तीन वटा कुराहरु छन । अहिले डाक्टरहरु जुन आन्दोलनमा हुनुहुन्छ । जो मानिसको जीवनसँग जोडिएको छ । ती डाक्टरहरुमाथि हातपात हुनुभएको अन्यन्त दुखद् कुरा हो । यसको मतलव के हो ? भने नेपालको कानून कति निरीह छ ? नेपालको कानूनदेखि कोही पनि डराउँदैन । यो विकृतिको, यो बेथितिको अन्त्यका निम्ति कानून बलियो हुनुपर्छ । कानूनले गलत प्रवृत्ति, संस्कार र लोभ लालचदेखि आत्म समर्पण गर्नु हुँदैन । दोस्रो कुरा शिक्षा सम्बन्धि जुन विधेयक आइरहेको छ । यो भनेको केवल शिक्षकको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन होइन । यो सित अभिभावक हुन्छन । यो सित विद्यार्थी हुन्छन । योसित पाठ्यक्रम हुन्छ । यो सित परीक्षा प्रणाली हुन्छ । त्यसकारणले सरकारले पेश गर्ने हो । सम्बन्धित निकायसँग कुरा नगरिकन हतारमा पेश ग¥यो । अत्यन्तै ठूलो मेच्युरिटीको अभाव । त्यसकारणले टिचरहरुले आन्दोलन गरे । अब नेपालको शिक्षा नबनिकन त नेपाल बन्दैन । शिक्षा र स्वास्थ्य व्यापारीकरण भयो भने त जनताले केही पनि पाउँदैनन् । के गर्ने त ? अव नयाँ शिक्षा नेपालमा प्रवेश गराउनु प¥यो । पुरानो जेनेरेशनलाई अपडेट गर्नुप¥यो । त्यो भन्दा हामीसँग विकल्प छैन । त्यसका निम्ति नेतृत्व अलि गम्भिर हुनुप¥यो । सडकमा भाषण गरेजस्तो होइन नि व्यवहारिक कुरा भनेको । सिद्धान्त र व्यवहारमा त फरक छ नि । त्यसकारणले यो भएको हो । यसको समाधान के हो भने अव हामीले शिक्षा ऐन बनाउँदाखेरी पाठ्यक्रम छैन, परीक्षा प्रणाली छैन । विद्यार्थी छैन । शिक्षा क्षेत्र नै नबुझेको व्यक्तिहरुको हातमा गएर आएको शिक्षा विधेयक हो यो । त्यसकारण यसले अरु विकृति निम्त्यायो । अव यसको समाधानका निम्ति हामीले २÷३ वटा कुरा गर्नुपर्छ । एक, नयाँ जेनेरेशनलाई प्रवेशश गराउने । पुरानो पुस्तालाई हामीले आर्थिक रुपले राहत दिएर विदा गर्ने । दोस्रो कुरा, पुरानोलाई पनि हामी अप्डेट गराउ । एउटा मोबाईलले, एउटा ल्यापटपले, आईप्याडले पनि अपडेट गर भनेर माग्छ नि । सरकारले अपडेट गर्नुप¥यो । तब मात्रै हुन्छ । कमीकमजोरी धेरै रहेँ । शासन चलाउनेहरुबाट कमीकमजोरी रहेँ । अब त्यसलाई करेक्शन गर्नुपर्छ भन्नेमा हामी लागेका छौं । हामीले यो विधेयकबारे बुझ्यौँ । हामीले गम्भिरतापूर्वक जो सडकमा हुनुहुन्छ । वा दिमागमा हुनुहुन्छ । असुरक्षा महशुस गर्नु भएको छ वा विश्वास मानिसहरुमा छैन, त्यो दिलाउने काम हामीले गर्छौं ।’
सांसद भण्डारीले जनताको विश्वास जित्नेगरी कानून बनाउने काम आफूहरुले गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्कियो इन्टर, घरेलु मैदानमा ३ अंक थप
-
अमेरिकी डलर, रियाल, दिराम, रिङ्गेटको भाउ बढ्यो, कतिको मूल्य कति ?
-
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणलाई सेवा
-
लोप हुँदै तरबार नाच
-
ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान