राजनीति
एमाले बागमतीको निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन
बुधबार, १० असोज २०८०, १४ : ४२
काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएको छ । सोमबारबाट जारी अधिवेशनअन्तर्गत पछिल्लो निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजे मनोनयन फारम वितरण गरिनेछ । त्यस्तै अपराह्न ४ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता र साँझ ७ बजे मनोनयन प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।
यसअघि ४ र ६ बजे हुँदै पछिल्लो कार्यतालिकामा राति ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उल्लेख छ । बिहीबार बिहानदेखि मतदान सुरु हुने अध्यक्ष मण्डलका सदस्य समेत रहेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । मतदाता नामावली प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । जसमा एक हजार १६५ जनाको नाम निर्वाचन स्थल पार्टी केन्द्रीय कार्यालय च्यासलमा टाँसिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन