खल्ती लिंक गरी बैंकमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने

काठमाडौँ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत बैंक लिंक गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैंक खातामा बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।
यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ। खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड ट्रान्सफर’ बाट पैसा पठाउने क्रममा बैंक लिंक विकल्प छनोट गरी बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।
साथै बैंक लिंक खाता खल्तीमा लिंक नगरेका प्रयोगकर्ताले पनि केही विवरण भरि केही समय मै बैंक खाता खल्तीमा लिंक गर्न सक्नेछन्। यति मात्र नभएर खल्तीमा बैंक लिंक गरी प्रयोगकर्ताले विभिन्न अफरमा पनि सहभागी हुन सक्नेछन्।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् , ‘अहिले दसैँ नजिकिँदै गरेको माहौलमा डिजिटल कारोबारको आवश्यकता र लोकप्रियतलाई मध्यनजर गर्दै हामीले हाम्रा प्रयोगकर्ताहरूकालागी ‘सेन्ड मनी फर फ्री’ अफर फेरी पनि उपलब्ध गराएका छौँ । यस सुविधाले प्रयोगकर्ताहरू निर्धक्क रूपमा आवश्यक रकम जुन सुकै बैंक खातामा पठाउने कुरामा हामी विश्वस्त छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
-
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
-
देशमा पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना
-
साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं
-
संविधानको रक्षा, पालना र कार्यान्वयन आजको प्राथमिकता : अध्यक्ष दाहाल