अधिकारीको नियुक्तिपछि नेपाल बैंकले थप उचाइ लिने विश्वास

काठमाडौँ । नेपाल बैंक सञ्चालक समितिको असोज २ गतेको बैठकबाट नयाँ अध्यक्षको जिम्मेवारीमा डा. चन्द्रबहादुर अधिकारी चयन भएसँगै बैंकले थप उचाइ लिने आशा गरिएको छ । अन्तर्राष्ट्रिय ज्ञान र अनुभव सँगालेका अधिकारीको नियुक्तिले देशकै पुरानो बैंकले थप गति लिने विश्वास गरिएको हो ।
नवनियुक्त अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले असोज ४ गते बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
त्रिभुवन विश्व विद्यालयमा २५ वर्ष प्राध्यापन गरी हालसालै रिर्टायड भएका डा. अधिकारीले प्राज्ञिक तथा शैक्षिक उन्नयनका अतिरिक्त विश्व विद्यालय र राष्ट्रकै प्रतिष्ठा उच्च पार्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् ।
उनका हालसम्म विभिन्न पुस्तकका साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका प्रतिष्ठित जर्नरलहरुमा अनुसन्धानात्मक लेखहरू प्रकाशन भएका छन् । ती लेखहरूलाई विभिन्न अन्तर्राष्ट्रिय जर्नरलहरुमा पियर रिभ्युअर सेवा प्रदान गरिएको छ ।
बेलायतको युनिर्भसिटि अफ रिडिङबाट अर्थशास्त्रमा पिएचडी गरेका अधिकारीले यसअघि कृषि विकास बैंकको सञ्चालक भएर पनि ४ वर्ष काम गरेका थिए । बैंकिङ र त्रिविमा लामो प्राध्यापन अनुभव सँगालेका अधिकारीको नेतृत्वमा नेपाल बैंक देशकै अब्बल बैंकको दर्जामा उक्लने आशा गरिएको बैंकका अधिकारीहरू बताउँछन् ।
नेपाल बैंकमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा