सशस्त्रका एसपीहरूको कमाण्ड पूर्वानुमान सूची प्रकाशन

काठमाडौँ । सशस्त्र प्रहरी प्रधान कार्यालयले २०८१ सालमा गण कमाण्ड गर्ने सशस्त्र प्रहरीका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको छ । गण कमाण्डका लागि ५० जनाको मुख्य र १० जनाको वैकल्पिक सूचीमा नामावली प्रकाशन गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखाले ज्येष्ठताको आधारमा कमाण्डको जिम्मेवारी नगरेका एसपीहरूको पूर्वानुमान सूची प्रकाशन गरेको हो । एफपीयु मिसन, अनपोल मिसन, प्रोफेसनल लेभलको यूएन मिसन र १ वर्ष भन्दा बढी अवधिको विदेश तालिमबाट फिर्ता भएका अधिकृतहरूलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने डिएसपी थापाले बताए ।
एक पटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका उपरीक्षकहरूलाई पहिलो प्राथमिकता राखी पूर्वानुमान सूची तयार गरिएको छ । पुरा अवधि कमाण्ड नगरेका एसपीहरूलाई समेत कमाण्ड गरेको अवधिको आधारमा कमाण्डको अवसर पाउने गरी पूर्वानुमान सूची प्रकाशन गरिएको छ ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० अनुसार सशस्त्रले कमाण्ड सुची प्रकाशन गरेर सरुवा गर्न थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा