एमाले बागमतीको निर्वाचन कार्यतालिका : साँझ अन्तिम नामावली प्रकाशन, बिहीबार मतदान
बुधबार, १० असोज २०८०, १२ : १२
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको अधिवेशनअन्तरगत निर्वाचन कार्यक्रम सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार बिहान मतदाता नामावली प्रकाशन भइसकेको छ ।
यसैगरी अन्तिम नामावली प्रकाशनपछि मध्याह्न १२ बजेदेखि उम्मेदवारको दरखास्त फाराम वितरण गरिने कार्यतालिका छ । मनोनयन दर्तापछि साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरेर बिहीबार बिहान ८ देखि ३ बजेसम्म मतदान गर्नेगरी कार्यतालिका बनाइएको छ ।
मनोनयन दर्ताका लागि पदाधिकारीमा ५०० र सदस्यमा ३०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)