वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन कराते टोली ग्रिस प्रस्थान
बुधबार, १० असोज २०८०, ११ : ४६

काठमाडौँ । ग्रिसको चलकिडा सहरमा आयोजना हुने ३० औँ एसकेडियुएन. वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन सोतोकान कराते डो संघको तीन सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।
ग्रिस प्रस्थान गर्ने टोलीमा अफिसियलमा संघका उपाध्यक्ष बद्री बहादुर महत, टिम प्रशिक्षक एवं व्यवस्थापकमा राजु तामाङ र खेलाडी चित्र बहादुर श्रेष्ठ रहेका छन् । चित्रले आफ्नो खेल पश्चात् अन्य प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गर्ने संघका महासचिव गोविन्द श्रेष्ठले जानकारी गराए ।
टोलीलाई संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले आज अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गरे ।
च्याम्पियनसिप असोज १० देखि १४ गते सम्म सञ्चालन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन