चुस्त संगठन र आत्मनिर्भर पार्टी सदस्य हुनुपर्छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले चुस्त संगठन र आत्मनिर्भर पार्टी सदस्यको अवधारणा अघि सारेका छन् । माओवादी केन्द्रको तीन महिने विशेष रूपान्तरण अभियानमा बागमती प्रदेशको पहिलो चरणको समीक्षा बैठकमा इन्चार्ज शर्माले यस्तो अवधारणामा जोड दिएका हुन् ।
‘जसरी सामाजिक विकृति र पुरातन राजनीतिक अन्त्य गर्न हामीले परिवर्तनको नेतृत्व गर्यौँ, अब त्यसैगरी गरिबी अन्त्यको लडाइ पनि यही पार्टीले लड्नु पर्छ’, अभियानको पहिलो समीक्षा बैठकमा शर्माले भने, ‘नछुटाउने महत्त्वपूर्ण कुरा हो यो । गरिबी अन्त्य कसरी सम्भव छ भन्ने विषय खोतल्दा सबैभन्दा पहिले हाम्रो व्यवस्थापकीय कला क्षमतामाथि प्रश्न उठ्छ ।’
शर्माले युवा पलायनलाई निकट भविष्यको डरलाग्दो तस्बिरसँग दाँजेर हेर्न सकिने बताए । ‘अहिले केही समय रेमिट्यान्स त आउला । तर जनशक्ति टिकाउन नसक्ने देशको भविष्य अन्धकार हुन्छ । हामीले उद्यम र रोजगारका क्षेत्रमा कुनै असाधारण कदम चाल्न सकेनौँ भने भावी पुस्ताले धिक्कार्ने छ’, शर्माले भने ।
उनले सबैभन्दा पहिले आफूभित्रको जनशक्तिको क्षमता अभिवृद्धि जरुरी रहेको बताए । उनले जनताले हेर्न र बुझ्न सक्ने समाजवाद चाहियो भनिरहेका उल्लेख गर्दै अब किताबको समाजवादले मात्रै जनताको आवश्यकता पुरा नगर्ने बताए । ‘समाजवादको गफमा जनता अलमलिने दिन गइसके, त्यसैले सबैभन्दा पहिले हामी क्षमतावान् र सक्षम बन्नुपर्छ ।’
पार्टीले उदाहरणीय काम गरेपछि मात्रै जनताले विश्वास गर्ने अवस्था आउने भन्दै शर्माले आगामी समय व्यवहारिक समाजवादको समय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार