सिरहामा भारतीय मोटरसाइकलसहित १८ थान बेवारिसे मोबाइल बरामद, तस्कर फरार

सिरहा । सिरहा सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा सिरहाको गोलबजारबाट करिव दुई लाख ३४ हजार मूल्य बरावरको मोबाइल बरामद गरेको छ ।
प्रहरीले सिरहाको व्यस्त बजार गोलबजार नगरपालिका ६ बाट दुई लाख ३४ हजार तीन सय ८० रुपैयाँ मूल्य बरावरको १८ वटा मोबाइल सेट र नम्बर नभएको एक थान भारतीय मोटरसाइकल बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकल सहित मोबाइल बरामद गरेको सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद भारती जानकारी दिए । भारतीय सीमा क्षेत्रबाटै प्रहरीले पछ्याउँदै आए पनि तस्कर गोलबजारमा मोटरसाइकल छोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।
पच्छ्याइरहेको जानकारी पाएर तस्कर सामानसहितको मोटरसाइकल छोडेर भागेको हुनसक्ने प्रहरीको भनाइ छ । बरामद मोटरसाइकल र १८ थान मोबाइल आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडर खेरौना पठाइएको एसपी भारतीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध
-
ब्रिटिस लाहुरे बन्ने सपना थियो, समयले खेलाडी बनायो
-
समीकरण यस्तो भए अझै पनि सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान
-
उखान सुनाउँदै संसद्मा पौडेलले उठाए कुलमानको विषय
-
एमसीसी कहिल्यै ठिक भनेका थिएनौ : घनश्याम भुसाल
-
'पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्छ'