युक्रेनको दाबी विपरीत रुसी कमाण्डर जीवितै
बुधबार, १० असोज २०८०, १० : २०

मस्को। युक्रेनले मारिएको भनिएका ब्ल्याक सी फ्लीटका कमान्डर जीवितै रहेको भिडियो रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । रुसका रक्षामन्त्रीसँग कमान्डर भिक्टर सोकोलोभको भिडियो कहाँ खिचिएको हो भन्ने चाहिँ खुलाइएको छैन ।
मन्त्रालयले शीर्ष सैन्य अधिकारीहरूको सो बैठक मंगलबार भएको जानकारी दिएको छ । युक्रेनको स्पेसल फोर्सले सोमबार क्रिमियाको सेभास्तोपोलमा रहेको फ्लीटको हेडक्वार्टरमा गरिएको क्षेप्यास्त्र हमलामा एडमिरल सोकोलोभसहित ३३ जना सैन्य अधिकारीहरूको मृत्यु भएको दाबी गरेको थियो ।
उनीहरूले एडमिरलको नाम लिएका थिएनन् भने उनी मारिएको कुनै प्रमाण पनि पेस गरेका थिएनन् । अहिले उनीहरूले रिपोर्टलाई अध्ययन गरिरहेको बताएको छ । यसलाई रुसले भिडियो सार्वजनिक गरेपछि युक्रेन आफ्नो दाबीबाट पछि हटेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन