सहज जीतसँगै युनाइटेड काराबाओ कपको चौथो चरणमा
बुधबार, १० असोज २०८०, ०७ : ५३

ओल्ड ट्राफोड । साबिक विजेता म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेसलाई हराउँदै काराबाओ कपको चौथो चरणमा पुगेको छ । मंगलबार राति भएको खेलमा युनाइटेड ३–० गोलले विजयी बनेको हो ।
अलेहान्द्रो ग्रानाचोले खेलको २१ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ६ मिनेटपछि मेसन माउन्टको पासमा कासेमिरोले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा नै कासेमिरोले एन्टोनी मार्सियाललाई गोलको अवसर सिर्जना गरे ।
यता युनाइटेडका गोलकिपर आन्द्रे ओनानाले प्यालेसका स्ट्राइकर जिन फिलिपे माटेटाको दुईवटा प्रहारलाई विफल बनाएका थिए । पछिल्लो समय संघर्षरत रहेको युनाइटेडका म्यानेजर इरिक टेन ह्यागलाई यो जीतले केही राहत प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
-
अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान