प्रिक्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकेनन् नेपाली तेक्वान्दो खेलाडी

काठमाडौँ । चीनमा जारी १९औँ एशियाली खेलकुद प्रतियोगिताको चौथो दिन मंगलबार नेपाली तेक्वान्दो खेलाडीका लागि सुखद रहेन । कुनै पनि नेपाली खेलाडी प्रिक्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकेनन् ।
अन्तिम ३२ खेलाडीबीचको भिडन्तमा सफलता हात पार्दै नेपाली खेलाडी गोविन्दबहादुर आले प्रिक्वार्टरफाइनल चरणमा पुगेका थिए । उनले पहिलो चरणको खेलमा टिमोर लिस्टेका खेलाडी सिल्भा कोस्टालाई हराएका थिए ।
तर, पुरुष ६३ केजीभन्दा मुनिको तौल समूहको भिडन्तमा उनी दोस्रो चरणमा थाइल्यान्डका खेलाडी टबतिमदाङ बनलुङसँग पराजित भए । महिला ५३ केजीभन्दा मुनिको तौल समूहको भिडन्तमा नेपाली खेलाडी आयषा लामा पनि पराजित भइन् । दक्षिण कोरियाकी खेलाडी हेजिन पार्कले नेपाली खेलाडी आयषालाई हराएकी हुन् ।
मंगलबार नै भएको अर्को खेलमा नेपालकी सन्ध्याकुमारी सिंह पनि पराजित भइन् । महिला ५७ केजीभन्दा मुनिको तौलसमूहमा लेबननकी लेतितिया एउनले सन्ध्यालाई हराइन् । उक्त हारसँगै सन्ध्या प्रिक्वार्टरफाइनल चरणभन्दा अगाडि बढ्न सकिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?
-
‘जनै हराएको बाहुन’ भदौमा रिलिज हुने