दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्नेछ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताएका छन् ।
मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले मूल परामर्श समितिसँग समन्वय गरी सम्मान गर्न मन्त्रीपरिषद्बाट आवश्यक निर्णय गरिने बताएका हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मन्त्रीपरिषद्बाट उनको सम्मानमा आवश्यक निर्णय गर्ने प्रतिबद्धता जनाए ।
उनले राज्यको तर्फबाट दिने सम्मानका बारेमा सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए । उनले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर समग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिएको बताए ।
कार्यवाहक प्रधानमन्त्री खड्काले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य योगदान दिएका विशिष्ट व्यक्तिहरुको अभिनन्दन गरी यथोचित सम्मान गर्ने नेपाली समाजको मौलिक परम्परा र संस्कृति रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’