स्वास्थ्यकर्मीलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको माग
_fCqpaavr8t.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् । मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै शाहले दासलाई झैँ सरकारले अन्य चिकित्सकहरूलाई पनि सुरक्षाको प्रत्याभूति दिलाइ देशमै रहेर सय वर्ष बिताउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन् ।
उनले स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको बताए। उनले भने, ‘अहिलेको देशको स्थितिमा उहाँ जस्तो व्यक्तिको बारेमा काठमाडौँ महानगरपालिकाभित्रै नभएर देशभर नै उहाँको विशेषता र उहाँको प्रेरणा मूल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा मूल सूचना प्रवाह गर्न सके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्छ । विशेष गरी डाक्टर साब, नर्स, स्वास्थ्यकर्मीहरू, अहिलेको देशको स्थितिमा देशमै रहेर सय बिताउन सक्ने प्रेरणा जाओस् । अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरू बाहिरिँदै जाँदै हुनुहुन्छ, उहाँहरूको रक्षा र सुरक्षा गर्न कठिन परेको छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरूलाई सुरक्षाको व्यवस्था होस् । कार्यक्रमको सुरुमै के भनियो भन्दा पाँच वटा राजा, ३५ प्रधानमन्त्री भनियो । एउटा व्यक्तिले आफ्नो पेसा इमानदारिताका साथ गर्न काममा निरन्तरता दिन कुनै पनि तन्त्रले केही फरक नपर्ने रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
-
सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते
-
वरिष्ठ गीतकार थापालाई टाइम अचिभमेन्ट अवार्ड प्रदान
-
दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा गरियो