सुजुकीले ल्यायो ‘बाँडौँ खुसी चढौँ सुजुकी’ अफर

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भी.जी. अटोमोबमाईल्स प्रालिले दसैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौँ खुसी चढौँ सुजुकी’ स्किम ल्याएको छ ।
यस स्किम अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा रु १५ हजार रुपैयाँ छुट पाउनेछन् । त्यस्तै अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा ग्राहकले १० हजार रुपैयाँ थप मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् वा ०५ फाइनान्सको सुविधाका साथै एक वर्ष सडक कर निःशुल्क हुने समेत कम्पनीले जनाएको छ ।
यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ । यो स्किम दसैँ, तिहार तथा छठको लागि लागु गराएको कुरा कम्पनीले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?