सांसद तोसिमा कार्कीद्वारा शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन माग
मङ्गलबार, ०९ असोज २०८०, १५ : ५५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले डाक्टरहरु कुटिएको विषयमा शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन माग गरेकी छन् । मंगलबार समितिलाई पत्र लेख्दै सांसद कार्कीले विशेष ध्यानाकर्षणसहित आकस्मिक बैठकको माग गरेकी हुन् ।
उनले हेटौडा अस्पताल, लमजुङ अस्पताल, कोशी अस्पताल, मणिपाल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कन्चनरपुरको प्राथमिक स्वास्थ्य केन्द्र, चितवन नादिको बगौडा अस्पताल लगायत थुप्रै स्वास्थ्य संस्थाहरूमा दुलहुज्जत र हातपातको घटना भएको बताएकी छन् ।
सांघातिक आक्रमण र भिडतन्तले स्वास्थ्य कर्मी मात्र नभई उपचाररत बिरामीहरूको उपचारमा समेत क्षति पुगेको उनले बताएकी छन् । यस विषयमा छलफल गर्न तथा सरकारको ध्यानाकर्षण गर्न भन्दै उनले समितिको बैठक बोलाउन माग गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टी र नागरिक उन्मुक्तिको एकता वैशाखमा
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य