स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्याउनुपर्छ : मन्त्री भण्डारी
मङ्गलबार, ०९ असोज २०८०, १४ : ०५
![स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्याउनुपर्छ : मन्त्री भण्डारी](https://npcdn.ratopati.com/media/news/sarat_xHJi7y94jz.jpg)
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्याउनुपर्ने राज्यको दायित्व भएको बताएका छन् ।
मंगलबार खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वच्छ खानेपानी तथा सरसफाइ हाँसिल गर्ने यात्रामा चुनौती र अवसरहरु खोजी गर्दै प्रगति र समतामूलक विकासतर्फ डोर्याउन आवश्यक रहेको बताए ।
मन्त्री भण्डारीले नेपालमा वास क्षेत्रको भविष्यलाई आकार दिन आवश्यक रहेको बताए । उनले सरकारले बनाउने योजना जनसंख्याको आधारमा हुनुपर्ने बताए ।
मन्त्री भण्डारीले सहरी विकास र खानेपानीको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै दुवै क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु
-
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
नेसपा (नयाँ शक्ति)मा को–को भए निर्विरोध निर्वाचित ?