दशैँ, तिहारमा हुने कालोबजारी रोक्न निरन्तर बजार अनुगमन हुन्छ : मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन् ।
मंगलवार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको तर्फबाट यस अवस्थामा ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार अनुगमन गर्ने बताए । उनले २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, उर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गरे ।
मन्त्री रिजालले जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताए । उनले तत्कालै देशभित्र नवीकरणीय र हरित उर्जाको पर्याप्त मात्रामा उत्पादन भई नसकेको वर्तमान अवस्थामा एलपी ग्याँस लगायत अन्य पेट्रोलियम इन्धनको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने बताए ।
मन्त्री रिजालले उद्योगीहरुले व्यवसायिक निष्ठा कायम राख्दै ग्याँस उद्योग मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रुपमा विकास गर्न आग्रह गरे । उनले सबै ग्याँस उद्योगले आम जनताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै आफ्ना उत्पादन बजारमा ल्याउन आग्रह गरे । उनले सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८४ को चुनावमा कांग्रेस–एमालेबिच गठबन्धन गर्न प्रचण्डको चुनौती
-
मातृभूमि पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा
-
प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्छ : मन्त्री दाहाल
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ : प्रचण्ड
-
मुसामा पनि भेटियो बर्ड फ्लू
-
खुला लन टेनिसमा प्रदीपको ह्याट्रिक