सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशीय व्यापार, पारवहन तथा कूटनीतिक सहमतिसँगै पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा समेत सम्झौता भएका छन् । नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान प्रदान गर्ने गरी दुई देशबीच भाषा, संस्कृतिको आदानप्रदान गर्नुका साथै नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सहकार्य गर्ने समेतको सहमति भएका छन् ।
चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमतिसमेत दुई देशबीच भएको छ । यस्तै, चिनियाँ पक्षले ८औँ ‘चाइना साउथ एसिया फ्रेन्डसीप अर्गनाइजेशन’ फोरममा मित्र राष्ट्रको रूपमा भाग लिन समेत नेपाललाई आग्रह गरेको छ ।
यसैगरी, नेपाल–चीन दुई देशका विभिन्न सहरहरूबिच भगिनी सहरको सम्बन्ध स्थापना गर्ने र दुई देशबिचको जनता–जनताको सम्पर्कलाई गहिरो बनाउने सहमति समेत भएको छ ।
जनवादी गणतन्त्रको प्रेस र प्रकाशनको राष्ट्रिय प्रशासन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यक संस्कृति जानकारी तथा सूचना अनुवाद र आदान प्रदान गर्ने, चिनियाँ भाषालाई नेपालमा पठनपाठनको व्यवस्था गरिने सहमति भएको छ । नेपालमा चिनियाँ भाषा पढाउने मात्र नभई परीक्षण र सहयोगका लागि चिनियाँ भाषा शिक्षक समेत पठाउने चिनियाँ पक्षले सहमति गरेको छ ।
साथै नेपाल–चीन सांस्कृतिक आदानप्रदान र सहयोग प्रवर्द्धनका लागि दुवै पक्षले नेपालमा चाइना कल्चरल सेन्टर, कन्फ्युसियस इन्स्टिच्युट र कन्फ्युसियस क्लासरुम सञ्चालनको कार्यलाई निरन्तरता दिने समेत सहमति भएको छ ।
संस्कृति आदान प्रदानका क्रममा विश्वकै दुर्लभ एक सिङ्गे गैँडा नेपालकातर्फबाट चिनियाँ पक्षलाई उपहार स्वरूप प्रदान गर्ने सहमति समेत प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार