अनिल महासेठद्वारा लोसपाको महासचिव पद अस्वीकार

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन् । लोसपाले सोमबार सार्वजनिक गरेको पदाधिकारीसहित केन्द्रीय समितिको सूचीमा अनिल महासेठलाई महासचिवमा चयन गरिएको थियो । तर महासेठले आफू सो पदका लागि इच्छुक नभएको बताएका हुन् ।
उनले पार्टीमा अन्य जिम्मेवार नेताहरूको अवमूल्यन भएको र उनीहरूले उचित स्थान नपाएको बताएका छन् । उनले आफू महासचिव पदका अपेक्षा नगरेको भन्दै अहिलेको परिस्थितिमा महासचिव पदबाट नाम हटाएर अन्य जिम्मेवार व्यक्तिलाई सो पद दिन पनि उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन् । ३११ सदस्यीय केन्द्रीय समितिमा ६४ जना पदाधिकारी छन् जसमा १६ जना महासचिव रहेका छन् ।
तीन जना वरिष्ठ नेता, एक जना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, १५ जना उपाध्यक्ष, सहमहासचिव आठ जना, सचिव ११ जना प्रवक्ता र सहकोषाध्यक्ष १–१ जना तथा कोषाध्यक्ष दुई जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म